detail-img

सामाजिक सेवा विभाग बैठक सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीले सामाजिक क्षेत्रको अगुवाइ गर्दै घरघर पुगेर जनताको सेवा गर्नुपर्ने वताउनुभएको छ । 
नेकपा (एमाले) सामाजिक सेवा विभागको आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै सामाजिक क्षेत्र क्लष्टरका संयोजक शाक्यले सामाजिक क्षेत्रमा पार्टी कामका लागि विभागले नीति निर्माणको काममा गृहकार्य गरी सहयोग गर्नुुपर्ने वताउनुभयो । 
बैठकमा सामाजिक सेवा विभाग प्रमुखको जिम्मेवारीमा आउनुभएका केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यलाई निवर्तमान विभाग प्रमुख पार्टीका पोलिटव्युरो सदस्य पार्वत गुरुङले माइन्युट र विभागका दस्तावेज हस्तान्तरण गर्नुभएको थियो । निवर्तमान प्रमुख गुरुङले विभागले विगतमा सामाजिक क्षेत्रमा गरेका  कामहरूबारे सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । बैठकमा स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो ।  
बैठकमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको तस्वीरमा माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको थियो । साउन ७ गते पुष्पलालको ४५औं स्मृति दिवस हो ।