detail-img

कोशी प्रदेश सरकार असंवैधानिक ठहर 

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा सभामुखको समेत समर्थनमा गठन गरिएको उद्धव थापा नेतृत्वको सरकारलाई असंवैधानि ठहर गरी बदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले संविधानको धारा १६८ (२) अनुसार सात दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउने नयाँ प्रक्रिया थाल्न आदेश दिएको छ । इजलासले धारा १६८ (२) बमोजिम सरकार गठन हुन नसके अर्को उपधारामा जान भनिएको छ ।
कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत प्राप्त नभएपछि गत असार २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । 
नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वाेच्च अदालतमा रिट दिनुभएको थियो ।