detail-img

संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा विपक्षी दलका नेता केपी शर्मा ओली विहीबार बसेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुनुभयो । उक्त बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्तिका लागि सिफारिश गरेको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, को अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपसभामुख  इन्दिरा राना उपस्थित हुनुहुन्थ्यो । 
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदै छ । नयाँ नियुक्तिका लागि सिफारिश हुनुभएका श्रेष्ठ ३१औं प्रधानन्यायाधीश हुनुहुने छ ।