detail-img

एमालेसँग भविष्यको मार्गचित्रः बरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) गौरवपूर्ण इतिहास भएको र भविष्यको मार्गचित्र बोकेको पार्टी भएको बताउनुभएको छ । 
नेकपा (एमाले) टोखा नगरपालिका कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले गौरवपूर्ण इतिहास बोकेको नेकपा (एमाले) अब समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा बोकेर देशको तीव्र विकासमा अघि बढेको बताउनुभएको हो । 
नेकपा (एमाले)सँग सवल संगठन रहेकाले यसलाई कसैले हल्लाउन नसक्ने उहाँको भनाइ छ । 
नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोलिटव्युरो सदस्य एवम् काठमाडौं जिल्लाका इञ्चार्ज आनन्द पोखरेल, केन्द्रीय सदस्य शर्मिला कार्की, पार्टीका काठमाडौंका जिल्ला अध्यक्ष दीपक निरौलालगायत नेताहरूको उपस्थिति रहेको थियो ।