detail-img

अध्यक्ष ओलीसँग शिष्टाचार भेट 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजले आज विदाई भेट गर्नुभयो । 
अध्यक्ष ओली निवास, बालकोटमा भएको भेटमा उहाँहरूबीच युरोपेली युनियन र नेपालबीच द्वौत्य सम्बन्धको पचास बर्ष पुगेको उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथै द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा कुराकानी भएको थियो । भेटमा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ र परराष्ट्र मामिला विभागका सचिव डा. अन्जान शाक्य पनि हुनुहुन्थ्यो ।