detail-img

एकीकृत समाजवादीकी जिल्ला सदस्य हमाल एमालेमा 

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी जाजरकोट जिल्ला सदस्य शारदा हमाल नेकपा (एमाले) मा फर्कनुभएको छ । 
पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा हमाललाई खादा लगाई स्वागत गर्नुभयो । 
समाजवादी महिला संगठनकी प्रदेश कमिटी सदस्यसमेत रहेकी हमाल भेरी नगरपालिका–१ कि बासिन्दा हुनुहुन्छ । 
पार्टी प्रवेशका अवसरमा केन्द्रीय सदस्यहरू निरज आचार्य, भैरवसुन्दर श्रेष्ठ, डम्मरबहादुर सिंह, कर्णाली प्रदेश संगठन कमिटीका उपाध्यक्ष लालबहादुर महतारा, सांसद रीता रावल, नेकपा (एमाले) जाजरकोट जिल्ला कमिटीका अध्यक्ष खिमबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।