detail-img

उपभोक्ता हित संरक्षण तथा सुशासन विभागद्वारा कार्ययोजना तयार

काठमाडौं । नेकपा (एमाले)  उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आफ्नो  बार्षिक कार्ययोजना २०८०/०८१ तयार गरेको छ । 
बार्षिक कार्ययोजना अनुसार विभागले यसै महिना उपभोक्ता हितसँग सम्बन्धित क्षेत्रका विज्ञ, अभियन्ता, व्यापारी, व्यवसायीहरूको सहभागितामा कार्यशाला गर्ने भएको छ । 
विभागका सदस्यहरूलाई बिषयगत क्षेत्रानुसार कार्यविभाजन गर्नुका साथै १७ बुँदे बार्षिक कार्ययोजना पार्टीका पोलिटव्युरो सदस्य तथा विभाग प्रमुख जितु गौतमले सोमबार महासचिव शंकर पोखरेललाई  हस्तान्तरण गर्नुभयो ।  सो अवसरमा विभागका सचिव मोहिनी खनाल र सदस्यहरूको पनि उपस्थिति रहेको थियो । 
विभागको कार्ययोजनामा उपभोक्ता हित र सुशासनका बिरुद्धमा हुने  गतिविधिमा आफ्नो सरोकार जनाई आवश्यक कदम चाल्ने, प्रदेशस्तरीय कार्यशाला र अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने, स्रोत पुस्तिका तथा अवधारणा पत्र प्रकाशन गर्ने, विज्ञहरूको रोष्टर तयार गर्ने, बुलेटिन प्रकाशन गर्ने लगायत लगायत रहेको विभाग सचिव मोहिनी खनालले वताउनुभयो ।