detail-img

सुन तस्करी प्रकरणः जाँचबुझ आयोग गठन गर्ने सहमति

काठमाडौं । सुन तस्करी प्रकरणको स्वतन्त्र तथा निष्पक्ष छानविन, हुँदै आएका र  भइरहेका छानविनको अध्ययन गर्न र तस्करीजन्य गतिविधि नियन्त्रणका लागि आवश्यक सुझाव दिन जाँचबुझ आयोग गठन हुने भएको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते ब्रेक सुका नाममा क्वीन्टलभन्दा बढी सुन भित्रिएर सिनामङ्गलमा बरामद गरिएपछि नेकपा (एमाले) ले सुन तस्करीको स्वतन्त्र र निष्पक्ष छानविनका लागि उच्चस्तरीय आयोग/समिति गठन गर्नुुपर्ने माग गर्दै आएको थियो । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय  मान्यता  प्राप्त  दलहरूको बैठकमा सुन लगायत तस्करीजन्य  कार्य  पूर्णरूपमा  नियन्त्रणका  लागि  सुझावसहितको  प्रतिवेदन पेस गर्नेगरी जाँझबुझ आयोग गठन गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत सात दलका प्रमुख र प्रमुख सचेतक सम्मिलित बैठकमा आगामी असोज ५ गते आयोग गठन गर्ने र सोही दिनबाट आयोगले काम सुरु गर्ने सहमति भएको छ ।
नेकपा (एमाले)ले सर्वसाधारण नागरिकका जुत्ता, घडि, पेटी, पर्स र मोवाइल समेत खोलेर सुरक्षा जाँचपास गरिने विमानस्थल भन्सारबाट क्वीण्टलभन्दा बढी परिमाणको सुन ‘ब्रेक सु’का नाममा भित्रिनुमा सरकारी संयन्त्रको मिलोमतो विना सम्भव नभएको भन्दै उच्चस्तरीय छानविन आयोग गठनको माग गर्दै आएको थियो । 
त्यस अघि पनि पटक पटक ‘ब्रेक सु’ आयात भएको देखिएको र साढे नौ किलो इलेक्ट्रिक चुरोट(भेप्स)भित्र लुकाएर ल्याएको सुन विमानस्थल भन्सारको गोदामबाट हराएको विषय छानविनका लागि नेकपा (एमाले)ले संसदमा आवाज उठाउँदै आएको थियो । 
सुन तस्करीमा सत्ता गठबन्धन दलका नेताहरूको नामसमेत जोडिएर आएको र सरकारले आयोग गठन गर्न सहमत नभएका कारण संसद बैठक अबरुद्ध हुँदै आएको थियो । जाँचबुझ आयोग गठनको सहमतिपछि संसद सुचारु भएको छ । दलहरूबीच भएको सहमति यस प्रकार छः