detail-img

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बडुवालसहित ६५ जना नेकपा(एमाले)मा 

सुर्खेत । नेकपा एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल तथा जिल्ला कमिटी सदस्यहरूसहित ६५ जना नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । 
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुधबार उहाँहरूलाई सुर्खेतमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउनुभयो । 
सोही क्रममा एकीकृत समाजवादी निकट नेपाल इन्जिनियरिङ्ग एशोसियनकोे कर्णालीको सिङ्गा टीम पनि नेकपा (एमाले)मा प्रवेश गरेको छ । 
पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले एकीकृत समाजवादीले जनताका आकाङ्क्षा पूरा गर्न नसक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेमा आउन अपिल गर्नुभयो । उहाँले जनताको बहुदलीय जनवादलाई साकार पार्ने पार्टी एमाले मात्रै भएको भन्दै यो अभियानमा साथ दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य  यामलाल कँडेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।