detail-img

गण्डकी प्रदेश कमिटीको कार्यालय भवन निर्माण गरिने 

पोखरा । नेकपा (एमाले) गण्डकी भवन निर्माण कमिटीको बैठक बिहीवार सम्पन्न भएको छ । 
पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा भएको बैठकमा गण्डकी प्रदेश इन्चार्ज एवम् सचिव  गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउँदै रू २५ करोड सङ्कलन गर्ने योजना रहेको वताउनुभयो ।


सचिव बिष्टले प्रत्येक पार्टी सदस्यबाट पाँचसय रूपियाँ उठाइने र  सक्ने महानुभावहरूले मुठ्ठी फुकाएर सहयोग गर्न आह्वान गर्दै सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय रहने जानकारी दिनुभयो । 
बैठकमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी  सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्ने बताउनुभयो । उहाँहरूले यो अवसरमा पार्टीका सदस्यहरू, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकलाई  दिल खोलेर सहयोग गर्न आग्रह गर्नुभयो ।
भवन निर्माणका लागि पहल लिनु भएकोमा ईन्चार्ज गोकर्ण विष्टलाई धन्यवाद दिँदै बैठकमा सबै जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकमा जिल्लागत जिम्मेवारी तोकिने जानकारी दिइयो ।
बैठकमा गण्डकीका नेताहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सदस्यहरू , जिल्ला कमिटी अध्यक्ष, सङ्घीय र प्रदेश सांसदहरू, पालिकाका प्रमुख, उपप्रमुख, जनसंगठनका अध्यक्षहरू, उद्यमी र व्यवसायी सहभागी हुनुहन्थ्यो ।
बैठक प्रदेश कमिटी अध्यक्ष  नवराज शर्माको अध्यक्षतामा भएको थियो ।