detail-img

भक्तपुरमा एकहजार ७६१ नयाँ सदस्यले लिए शपथ

भक्तपुर । भक्तपुरमा नेकपा (एमाले)को नयाँ संगठित सदस्यता लिनुभएका एक हजार ७६१ जनाले शपथ ग्रहण गर्नुभएको छ । 
नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको कार्यक्रममार्फत उहाँहरूलाई पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुरका इञ्चार्ज कैलाश ढुङ्गेलले शपथ ग्रहण गराउनुभयो । कार्यक्रममा भक्तपुर इन्चार्ज ढुङ्गेलले  नयाँ संगठित सदस्यहरूका लागि यो इतिहासकै गौरवपूर्ण क्षण भएको बताउनुभयो ।
आजदेखि नेकपा (एमाले)मा संगठिन भएका सदस्यहरूले पार्टीको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बदलेर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नुपर्ने भनाइ राख्नुभयो । 
नेकपा (एमाले) भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमती प्रदेश सभा सदस्य किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायत नेताहरूको सहभागिता रहेको थियो ।