detail-img

सामाजिक सद्भाव कायम गर्न हाम्रा चाडपर्वको भूमिका महत्वपूर्णः अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्वहरू अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिबार भक्तपुरमा तीजका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विभिन्न जाती समूह मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैलाउने काम गरिरहेको वताउनुभयो । अध्यक्ष ओलीले २०४८ सालमा तीजका अवसरमा अर्घाखाँचीमा भएको अप्रिय घटनाको स्मरण गर्दै सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरू अहिले पनि रहेको र उनीहरूको  मन भतभति पोलिरहेको बताउनुभयो ।


हाम्रा चाडपर्वको अर्थ सामाजिक सद्भाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रूपमा काम गरिरहेको अध्यक्ष ओलीले वताउनुभयो । 
तीज पर्वले महिलाहरूमा सबैभन्दा बढी खुशीयाली ल्याउने र  यो सबैका लागि खुशीको कुरा भएको वताउँदै उहाँले  दशैं, तिहार लगायत विभिन्न जाती समुदायका चाडपर्वहरूलाई नेपालीले उत्सवको रूपमा मनाउने गरेको र यसले सामाजिक प्रबन्धलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
अध्यक्ष ओली आजै नेपाल कम्युनिष्ट पार्टी, झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको तीज विशेष कार्यक्रममा पनि सहभागी हुनुभयो ।