detail-img

सङ्ग्रहालय अवलोकन 

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आज आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित  बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।


चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको कष्टसाध्य सङ्घर्ष र असाधारण बलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न यो सङ्ग्रहालयले सहयोग गर्छ । 
अवलोकनपछि महासचिव पोखरेलले यो सङ्ग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जीवन्त राखेको बताउनुभयो । चिनियाँ कम्युनिष्ट पार्टी र  चिनियाँ जनताका अग्रजहरूले छिचोलेर आएको बाटो र देखाएको उज्यालोलाई सङ्ग्रहित गरेको यो सङ्ग्रहालयले इतिहासको सम्झना र अग्रजहरूप्रति सम्मान जगाउने उहाँको भनाइ छ ।