detail-img

नेपाली कांग्रेसका सिरहा जिल्लाका नेताकार्यकर्ता एमालेमा 

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्लाका प्रभावशाली नेताहरू नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
शनिबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोट पुग्नुभएका गत निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार महेशकुमार अधिकारी लगायत ११ जनालाई अध्यक्ष ओलीले खादा र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो ।

नेकपा (एमाले) प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा सिरहा जिल्ला सदस्य राजेन्द्र यादव, क्षेत्रीय प्रतिनिधिहरू सूर्यकुमार यादव, दिलचन्द सिंह, रामएकवाल यादव, विनोद महतो, योगेश कुमार सिंह, क्रियाशील सदस्यहरू चन्द्रकिशोर यादव, मुकेश यादव, रामपुकार साह र माओवादी केन्द्रका रिकेशप्रसाद साह हुनुहुन्छ ।