detail-img

यसपालीको संविधान दिवस जनस्तरबाट 

काठमाडौं । नेकपा (एमाले)ले यसबर्षको संविधान दिवस ‘असोज–३, ३१ ग्यारेण्टी’को नारासहित जनस्तरबाट भव्यरूपमा मनाउने भएको छ । नक्सालस्थित नारायण चौरमा असोज ३ गते राष्ट्रिय झण्डासहित भव्य जनसहभागितामा संविधान दिवस मनाउने निर्णय एमालेले गरेको छ । 
असोज ३ गते बिहान ७ः३० बजे नारायणचौरमा हुने कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका नेताहरू सहभागी हुनुहुनेछ । पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवाली, उपमहासचिव बिष्णु रिमाल, पार्टीका उपत्यकाका तीन जिल्ला अध्यक्ष र २३ वटै जनसंगठनका प्रतिनिधिहरूसहितको आज बसेको बैठकमा कार्यक्रमको तयारीका बारेमा छलफल भएको छ ।  संविधानप्रति आम नागरिकको अपनत्व कायम हुन सकोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा सहभागी सबैका हातमा नेपालको झण्डा हुने छ विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।