detail-img

प्रधानमन्त्रीको चीन भ्रमण– सम्झौता कार्यान्वयनमा जोड दिन एमालेको सुझाव  

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ । 
प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणबारे सुझाव लिन आज सिंहदरबारमा आयोजना गर्नुभएको राजनीतिक दलका अध्यक्षहरू, पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरूसँगको छलफलमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक महासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।


नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिन प्रधानमन्त्रीलाई सुझाव दिएको कार्यवाहक महासचिव ज्ञवालीले वताउनुभयो । नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने बताउनुभयो ।