detail-img

शब्द श्रद्धाञ्जलीका लागि वेबसाइटमा व्यवस्था

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनुहुनेहरूका लागि पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरिएको छ । 
पार्टीको वेबसाइट cpnuml.org खोल्ने वित्तिकै शब्द श्रद्धाञ्जली लेख्न चाहनेहरूका लागि उक्त व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकहरूका लागि सुविधा पुग्ने अपेक्षा गरिएको छ । 
पार्टीको मङ्गलबार बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र इलाम क्षेत्र नं–२ को क्षेत्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेकोे छ ।