detail-img

संविधान सभाका अध्यक्ष स्व.नेम्बाङप्रति उच्चसम्मानः उपाध्यक्ष बादल 

इलाम । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ सच्चा लोकतन्त्रवादी र देशभक्त नेता भएको वताउनुभएको छ । 
मङ्गलबार इलाममा आयोजित श्रद्धाञ्जली सभामा उपाध्यक्ष बादलले नेम्बाङ देशको स्वाधीनता र स्वतन्त्रताको लागि बाह्य हस्तक्षेत्रका बिरुद्ध सदैव लड्नुभएको स्मरण गर्नुभयो । 
उपाध्यक्ष बादलले भन्नुभयो– नेता नेम्बाङ बाहय हस्तक्षेपविरुद्ध सच्चा देशभक्तको रुपमा सङ्घर्ष गर्दै आउनुभयो, त्यो विरासतलाई हामीले अघि बढाउन आवश्यक छ ।  
उपाध्यक्ष बादलले स्व.नेम्बाङकोे योगदानलाई पार्टीले उच्च सम्मान गरेको बताउनुभयो । 
उपाध्यक्ष बादलले देशको समृद्धि समाजवाद बिना सम्भव नभएकाले वताउँदै त्यसका लागि एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।  
कार्यक्रममा नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुबीर महासेठ, स्थायी कमिटी सदस्य तथा इलाम इन्चार्ज शिवमाया तुम्बाहाम्फे, कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने लगायतले स्व. नेम्बाङको योगदानको चर्चा गर्नुभएको थियो ।  
बुबाका अधुरा सपना पूरा गर्न लाग्छुः सुहाङ नेम्वाङ
सोही कार्यक्रममा बोल्दै दिवंगत नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि बुबाका अधुरा सपना पूरा गर्न लागिपर्ने बताउनुभयो ।  
उहाँले आफू राजनीतिक परिवारमा जन्मे हुर्केकै कारणले राजनीतिमा अवसर पाउनुपर्छ भन्ने पनि नठान्ने स्पष्ट गर्दै बुबाको सपना पूरा गर्न सामाजिक तथा कानुनी क्षेत्रबाट अघि बढिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले बुबाको निधनपछि अस्पतालदेखि आर्यघाटसम्म नेकपा (एमाले)ले गरेको व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो भने राजकीय सम्मान दिएकोमा सरकारलाई पनि धन्यवाद दिनुभयो ।