detail-img

हिन्दूराष्ट्र हटाएको स्व.नेम्बाङमाथिको आरोप गलतः उपाध्यक्ष पाण्डे

सुर्खेत । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान सभाका अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट एमालेले राजनीतिको कोसेढुङ्गा गुमाएको बताउनुभएको छ । 
स्व.नेम्वाङको स्मृतिमा मङ्गलबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सात वटा प्रदेश बनाउन पनि नेम्वाङको महत्वपूर्ण योगदान रहेको स्पष्ट गर्नुभयो । 
नेम्वाङलाई आफूहरूले पार्टीमा सल्लाहकारको भूमिकामा देख्ने गरेको बताउँदै उपाध्यक्ष पाण्डेले हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्षता लगायो भनेर नेम्वाङमाथि गम्भीर आरोप लगाइए पनि त्यो गलत भएको स्पष्ट गर्नुभयोे ।
कार्यक्रममा पार्टीका सचिव लेखराज भट्टलगायत नेताहरूले नेम्वाङले संविधान निर्माण र कम्युनिस्ट आन्दोलनमा नेम्बाङले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो ।