detail-img

कोशी प्रदेशको अधिवेशन सम्पन्नः खतिवडाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन घनश्याम खतिवडाको अध्यक्षतामा २१५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । 
अध्यक्षका उम्मेदवार खतिवडाले ५१२ मत प्राप्त गरी विजयी हुनुभएको हो । अर्का उम्मेदवार विनोद ढकालले ४३० मत प्राप्त गर्नुभएको छ । 
उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा राजकुमार भण्डारी तथा उपसचिवमा जलबर्षा राजवंशी र देवान राई निर्वाचित हुनुभएको छ ।