detail-img

शर्माको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गर्दै गण्डकी प्रदेश अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशन नवराज शर्माको अध्यक्षतामा १६२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ । 
अधिवेशनले उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी तथा उपसचिवमा दामबहादुर विक र मञ्जु गुरुङलाई निर्वाचित गरेको छ । 
बिहीबार भएको मतदानमा कुल ९०७ जना प्रतिनिधिमध्ये ८९६ जनाले मतदान गर्नुभएको थियो । 
गण्डकीसँगै नेकपा (एमाले)ले हालसम्म लुम्बिनी, कोशी, कर्णाली, बागमती प्रदेशको अधिवेशन सम्पन्न गरेको छ ।