detail-img

शहीद गौतमको शालीकमा माल्यार्पण 

धनगढी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको पुनर्वास नगरपालिका– ४ पुगी भारतीय सशस्त्र प्रहरी बलको गोलीबाट मारिनुभएका शहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गर्नुभएको छ । 
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि आइतबार विहान (२०८० असोज २१ गते) धनगढी आउनुभएका अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन समारोहमा जानु अघि कन्चनपुरको पुनर्वास गई त्यहाँ रहेको  देशभक्त सपुत गौतमको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्नुभएको हो । 
गौतमले भारतीय पक्षबाट देशको सीमा मिँचिदा त्यसको प्रतिवाद गर्नुहुँदा २०७३ साल फागुन २६ गते भारतीय सशस्त्र बलको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो । शहीद गौतमको शालिकमा पार्टीका सचिवद्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा लगायत नेताहरूले पनि माल्यार्पण गर्नुभएको थियो ।