detail-img

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीबाट कोइराला निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोशी प्रदेशबाट नेकपा (एमाले)की उम्मेदवार रूक्मिणी कोइराला विजयी हुनुभएको छ ।
उहाँले आज सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनतर्फकी माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो ।
नेतृ कोइरालाले पाँच हजार ८६ मत पाएर विजयी हुनुभएको छ भने कार्कीले चार हजार ९९२ मत पाउनु भयो ।