detail-img

सुवेदीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गर्दै  म्याग्दीको जिल्ला अधिवेशन सम्पन्न 

म्याग्दी । नेकपा (एमाले) म्याग्दीको १०औं जिल्ला अधिवेशनबाट बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन भएको छ ।
यही माघ १२ गते महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशन माघ १२, १३ र १४ गते तीन दिनसम्म चलेको र सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको छ । 
रघुगङ्गा गाउँपालिका–३ का सुवेदीको अध्यक्षतामा निर्वाचित कमिटीको उपाध्यक्षमा बेनी नगरपालिका–७ का प्रमोद श्रेष्ठ, सचिवमा धवलागिरी गाउँपालिका–४ की थमसरा पुन चयन हुनुभएको छ । त्यस्तै उप–सचिवमा अन्नपूर्ण गाउँपालिका–६ का खड्ग गिरी र मङ्गला गाउँपालिका–२ का सतप्रसाद रोका चयन हुनुभएको छ । 
नवनिर्वाचित अध्यक्ष सुवेदीलाई अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले आइतबार साँझ प्रमाणपत्र प्रदान गर्नुका साथै शपथ गराउनुभयो । अन्य पदाधिकारी तथा सदस्यहरूको पनि शपथ ग्रहण सम्पन्न भएको छ । 
नवनिर्वाचित अध्यक्षले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै मुलुकलाई अग्रगतिमा लैजान एमालेको नेतृत्व चाहिने र त्यसका लागि म्याग्दीबाटै सुदृढ अनि मजबुत एमाले बनाउँदै अग्रपंक्तिमा आफ्नो उपस्थिति देखाउनका लागि आफूहरू कटिबद्ध रहने बताउनुभयो । 
लोकप्रिय मतको आधारमा मुलुकमै पहिलो पार्टी एमाले केही कारणले पछाडी परेको भए पनि म्याग्दीमा एमालेलाई पहिलो शक्ति बनाउनका लागि आफ्नो प्रयास रहने उहाँले बताउनुभयो ।
त्यसैगरी खुल्ला सदस्य सात जनामा बेनी नगरपालिका–७ का राजेश शाक्य, मालिका गाउँपालिका–७ का बेगप्रसाद गर्बुजा, बेनी नगरपालिका–२ का डम्बरबहादुर सापकोटा, धवलागिरी–७ की अमृता भण्डारी, धवलागिरी–५ का देउप्रसाद छन्त्याल, अन्नपूर्ण –५ कि दिवा कुमारी तिलिजा पुन, मङ्गला–१ कि गौमती रामजाली र बेनी नगरपालिका–१० का देवी प्रसाद शर्मा चयन हुनुभएको छ । 
युवा सदस्यतर्फ मालिका –६ का सुनिता विश्वकर्मा, तारामान रोका, बेनी नगरपालिका–६ का लक्ष्मण केसी, शिशिर शाही, रघुगङ्गा–३ का प्रविण शाही, धवलागिरी–६ का ईश्वर सुवेदी, मङ्गला–४ का लक्ष्मी बुढाथोकी रोका, बेनी–४ का ज्ञानु कार्की, ५ का प्रकाश पौडेल, बेनी–१ का गौरी थापा मगर र बेनी –९ का खिमबहादुर चोखाल रहनुभएको छ ।
दलित सदस्यतर्फ बेनी–६ का सुवास बिश्वकर्मा, बलबहादुर बिश्वकर्मा, अन्नपुर्ण–२ का विष्णु कुमारी दमाई, धवलागिरी–२ का बलबहादुर बि.क. र मालिका–२ की प्रतिक्षा रसाइली हुनुहुन्छ । 
मजदुरतर्फ बेनी नगरपालिका–८ कि बलादेवी राई, अल्पसङ्ख्यकतर्फ धवलागिरी गाउँपालिका–७ का रेशम छन्त्याल, रघुगङ्गा गाउँपालिका–८ का चन्द्रमान छन्त्याल निर्वाचित हुनुभएको छ ।
भुगोलतर्फ अन्नपूर्ण गाउँपालिकाबाट माइलन पुर्जा पुन, कृष्णबहादुर पुन, दिलिपकुमार गर्बुजा, देवकुमारी पुन, लक्ष्मी खड्का चयन हुनुभएको छ । 
त्यस्तै रघुगङ्गा गाउँपालिकाबाट बालकृष्ण कार्की, खिमबहादुर शाही, ओमबहादुर पुन, तेजकुमारी पुन जिल्ला कमिटीमा चयन हुनुभएको छ । 
बेनी नगरपालिकाबाट भुगोलतर्फ नारायण शर्मा, टकसरा राना, राजेन्द्रकुमार श्रेष्ठ, नारायण कार्की, बेलबहादुर चोखाल, धनबहादुर रोका, किरण बानियाँ, विष्णुकुमारी गुरुङ, दिलबहादुर थापा मगर, दीपेन्द्र खत्री, लीलाराम गौतम, कृष्ण सिंह बानियाँ, मीना राम्जाली र पशुपति शाही चयन हुनुभएको छ ।
मङ्गला गाउँपालिकाबाट डिलकुमारी खत्री, प्रेमकुमारी अधिकारी, हिराबहादुर फगामी, जितबहादुर किसान, यसुदा रोका, शिव बिक, दिलबहादुर क्षेत्री, धनबहादुर खाती क्षेत्री, ऋषिकेश तिवारी चयन हुनुभएको छ ।
मालिका गाउँपालिकाबाट सागर शर्मा, बुद्धिबहादुर पुन, मनकुमारी पुन, विशाल अनुरागी, सीता कुमारी गुरुङ, कुलबहादुर घर्ती जिल्ला कमिटी सदस्यमा चयन हुनुभएको छ । त्यसैगरी धवलागिरी गाउँपालिकाबाट दिनेश खत्री, देवबहादुर थापा, शान्त गर्बुजा, मदन मल्ल र गोरी बुढा चयन हुनुभएको छ ।
जिल्ला कमिटीको लेखा समिति संयोजकमा गोविन्द प्रसाद पौडेल र सदस्यमा कुलबहादुर थापा मगर निर्वाचित हुनुभएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत विवश क्षेत्रीले जानकारी दिनुभयो ।