detail-img

शहीद दिवसको प्रेरणा नभुलौंः अध्यक्ष ओली

काठमाडौं । आज माघ १६ ! शहीद सप्ताहको अन्तिम दिन अर्थात् शहीद दिवस । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमर शहीदहरूप्रति सम्मान प्रकट गर्नुभएको छ । 
अध्यक्ष ओलीले सामाजिक सञ्चालमार्फत युगलाई जहानियाँ राणा शासनको अध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नुभएका अमर शहीदहरू गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति सम्मान प्रकट गर्नुभएको छ । 
अध्यक्ष ओलीले आफ्नो फेसबुकमार्फत शहीद दिवसको प्रेरणा नभुलौं भन्नुहुँदै सबैलाई शुभकामना दिनुभएको छ । 
अध्यक्ष ओलीले लेख्नुभएको छः
युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नु भएका अमर शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई नमन । शहीद दिवसको प्रेरणा नभुलौं, सबैलाई शुभकामना !!


तस्बिर स्रोतः नेपाली पात्रो