detail-img

वर्तमान सत्ता गठबन्धन देशका लागि अभिशापः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कुनै हतारो नभएको बताउनुभएको छ । 
नेकपा (एमाले) महोत्तरीको छैटौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार जलेश्वरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले बहुमतसहित सरकारमा जाने तयारीमा लागेको बताउनुभयो । त्यसैको लागि नेकपा (एमाले) मिसन– २०८४ मा केन्द्रित भएको स्पष्ट पार्नुभयो ।


एमालेले २०८४ मा बहुमतसहितको सरकार बनाउने बताउँदै अध्यक्ष ओलीले त्यसैले एमाले संगठन निर्माण र विस्तारमा केन्द्रित रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो– हामी बहुमत ल्याएर सरकार बनाउन चाहन्छौँ, बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौँ । अध्यक्ष ओलीले वर्तमान सरकारको गैरजिम्मेवारीले पराकाष्ठा नाघेको भए पनि नेकपा (एमाले) अहिले सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पार्नुभयो ।  
वर्तमान सत्ता गठबन्धनले देश र जनताको हितमा काम गर्न नसकेको र देशको स्वाभिमानको रक्षा समेत गर्न नसकेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले अहिलेको गठबन्धन देशको लागि अभिशाप भएको बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धन मुलुकमा जति धेरे लम्बियो देशले त्यति नै दुःख पाउने छ भन्नुभयो ।  
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको बताउनुभयो । एमालेले सुरु गरेको समृद्धिको अभियान गठबन्धनले रोकेको उहाँको भनाइ छ । अधिवेशन उद्घाटन सत्रमा पार्टीका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, सचिव रघवीर महासेठ, पोलिटव्यूरो सदस्यहरू र केन्द्रीय सदस्यहरू अतिथिका रूपमा उपस्थि हुनुहुन्थ्यो ।