detail-img

नेकपा (एस)का स्याङ्जा जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षसहित पचास भन्दा बढी नेताकार्यकर्ता एमालेमा 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा स्याङ्जा जिल्ला कमिटी इन्चार्ज महेन्द्र थापा मगर, जिल्ला कमिटीका अध्यक्ष आरसी भट्टराईसहित जिल्ला कमिटीका पदाधिकारी, सदस्य तथा जिल्लाका पचासजना भन्दा बढी अगुवा कार्यकर्ता आज नेकपा (एमाले)मा फर्कनुभएको छ । 
अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू गोकर्ण विष्ट र पद्मा अर्यालले पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा उहाँहरूलाई खादा र अबीर लगाई स्वागत गर्नुभयो ।


एमालेमा फर्कनुहुनेहरूमा जिल्ला कमिटीका सचिव श्री बहादुर गुरुङ, उपसचिव राजेन्द्र मरासिनी, सचिवालय सदस्यहरू राजु अर्याल, दयाराम पाठक, गोपाल प्रसाद अर्याल, लोकप्रसाद चापागाई, टक बहादुर नेपाली, अर्जुन खत्री, उदय न्यौपाने, सन्तोष ओस्ती, सुदर्शन घिमिरे, बल बहादुर थापा, मन बहादुर थापा, रेशमराज ढकाल, शिव भट्टराई, रुक्मागत ढकाल, लेखनाथ गहतराज, ध्रुव पाठक, चन्द्र बहादुर थापा, प्रविण कुमार गोर्खाली हुनुहुन्छ । 
त्यसैगरी, जिल्ला कमिटी सदस्यहरू हरिबोल लम्साल, बरुण गैहे, सरिता ढकाल, दुकनारायण ढुंगाना, एक नारायण अर्याल, शिवलाल अर्याल, नवदुर्गा कँडेल, रुद्र बहादुर विश्वकर्मा, टिपी लुईटेल, आरती सेन्चुरी, लोकमाया घले, मित्रबन्धु चापागाई, रसुल बक्स मियाँ, ममता गैह्रे, मोहन गिरी, विष्णु ओस्ती, सुनिसरा राना, हरिमोहन भण्डारी, भिम प्रसाद शर्मा, नारायण तिवारी (ख), भागीरथ तिवारी, वरुण चौधरी, वोलराज गौतम, रेशम दर्जी, प्रमोद गैह्रे, ढालबहादुर केसी र आँधीखोला गाउँ कमिटी सचिव थानेश्वर पौडेल पनि नेकपा (एमाले)मा फर्कनुभएको छ ।  
उहाँहरू जिल्लाका विभिन्न पालिकामा पार्टी कमिटीको नेतृत्वमा हुनुहुन्थ्यो । साथै जिल्लास्थित सबै जनसंगठन र वडा कमिटीहरू पनि नेकपा (एमाले)मा समाहित हुने निर्णय भएको जनाइएको छ ।