detail-img

एआईका नविन प्रविधि विषयमा कार्यशाला

काठमाडौं । नेकपा (एमाले)को विज्ञान तथा प्रविधि विभागले आर्टिफिसियल इन्टेलिजेन्स तथा नविन प्रविधिहरूका बिषयमा शनिबार राष्ट्रिय कार्यशाला आयोजना गरेको छ । 
विभाग प्रमुख टंक कार्कीको अध्यक्षता र पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न बिषय विज्ञहरूले आर्टिफिसियल इन्टेलिजेन्सको विकास, यसको प्रभाव र नीतिगत व्यवस्थाका बिषयमा आ–आफ्नो प्रस्तुति राख्नुभएको विभागका सचिव सन्जिव रोकाहाले जानकारी दिनुभभयो । 
कार्यक्रममा  उपाध्यक्ष्य पाण्डेले एआइको प्रयोगले संसारमा नयाँ युग सुरु गरेको तथा नयाँ चुनौतीसमेत थपेको बताउनुभयो । कार्यक्रममा महासचिव शंकर पोखरेलले प्रविधिको विकासलाई आत्मसात् गरेर मात्र समृद्धि प्राप्त गर्न सकिने धारणा राख्नुभएको थियो । कार्यक्रममा सूर्यबहादुर बस्नेत, रमेश पौडेल, डा झनक पराजुली, विवेक रानाले प्रस्तुति राख्नुभएको थियो ।