detail-img

लमजुङ र पाँचथरमा जिल्ला अधिवेशन सम्पन्न, लमजुङको अध्यक्षमा विष्ट, पाँचथरमा सापकोटा

लमजुङ । नेकपा (एमाले) लमजुङ जिल्ला कमिटीको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित हुनुभएको छ ।
नवौँ जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो । 
यस्तै उपाध्यक्षमा जीतबहादुर गुरूङ र सचिवमा राजेन्द्र बोहोरा विजयी हुनुभएको छ । यस्तै, उपसचिवमा विवश बुढाथोकी विजयी हुनुभएको छ भने उपसचिव महिलातर्फ राममाया रानामगर यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
यसैगरी पाँचथर जिल्ला कमिटीको अधिवेशन पनि नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । सो अनुसार पाँचथर जिल्ला कमिटीको अध्यक्षमा विष्णुप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । 
उपाध्यक्षमा वीरबहादुर कुरुम्वाङ, सचिवमा पृथ्वी लावती र उपसचिवद्वयमा तुलसी थापा र कोशिला आङदेम्वे निर्वाचित हुनुभएको छ ।