detail-img

सिन्धुपाल्चोकको अधिवेशन सम्पन्नः अध्यक्षमा श्रेष्ठ निर्वाचित 

काठमाडौं । नेकपा (एमाले) सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशन होमनारायण श्रेष्ठको अध्यक्षतामा १०१ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । 
अधिवेशनबाट उपाध्यक्षमा अर्जुन भण्डारी र सचिवमा कृष्णगोपाल तामाङ निर्वाचित हुनुभएको छ । उपसचिवमा शिवहरि सापकोटा र सुशीला पाख्रिन निर्वाचित हुनुभएको छ ।