detail-img

सल्यान जिल्ला अध्यक्षमा सेन निर्वाचित

सल्यान । नेकपा (एमाले) सल्यान जिल्ला अध्यक्षमा भीमबहादुर सेन निर्वाचित हुनुभएको छ । पार्टीको दशौं जिल्ला अधिवेशन अन्तर्गत बिहीवार भएको मतदानबाट सेन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसैगरी, उपाध्यक्षमा ओजबहादुर बुढाथोकी, सचिवमा पुष्पा बोहरा र उपसचिवद्वयमा गणेशमान सिंह र सनशिलता वली डिसी निर्वाचित हुनुभएको छ । 
सबै पदाधिकारीमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो । ७५ सदस्यीय जिल्ला कमिटीका सदस्यहरू अधिकांश निर्विरोध भएका छन् भने केहीमा निर्वाचन भएको थियो । 
झापामा सर्वसम्मत नेतृत्व चयन
यसैगरी, नेकपा (एमाले) झापा जिल्ला कमिटीको अध्यक्षमा प्रेम गिरी निर्वाचित हुनुभएको छ । जिल्ला कमिटीको ११औं अधिवेशनले गिरीको अध्यक्षतामा १५० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । 
कमिटीको उपाध्यक्षमा शिव ढुङ्गेल, सचिवमा तुलसी कार्की, उपसचिवद्वयमा असारु राजवंशी र अनिता कन्दङ्वा चयन हुनुभएको छ ।