detail-img

महाधिवेशन प्रतिनिधि परिषद् बैठक– व्यवस्थापन समितिको बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को २०८१ वैशाख ८ र ९ गते हुने बैठक र १० गते नेकपाको ७५औ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रम गर्न गठित व्यवस्थापन समितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्यो । 
व्यवस्था समितिको बैठकमा प्रमुख अतिथि पार्टी महासचिव शंकर पोखरेलले पार्टी गठनको ७५ वर्ष पुगेको अवसरमा स्थापना दिवसको ऐतिहासिक दिन र महाधिवेशन प्रतिनिधि परिषद बैठक भव्य बनाउन व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 
परिषद बैठक र स्थापना दिवस सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो जिम्मेवारी पूरा गर्न महासचिव पोखरेलले बैठकमा निर्देशन दिनु भयो । 
उपमहासचिव तथा व्यवस्थापन समितिका संयोजक बिष्णु रिमालको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा संयोजक रिमालले  व्यवस्थापनमा तोकिएको जिम्मेवारी पूरा गर्न तथा कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गर्न कार्य विभाजनको खाका प्रस्तुत गर्नु भयो । 
व्यवस्थापन समितिमा लालबाबु पण्डित, काशीनाथ अधिकारी, राजन भट्टराई, राजेन्द्र गौतम, बिनोद श्रेष्ठ, माधव ढुङ्गेल, भीष्म अधिकारी, गगन बिष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ  सदस्य रहनुभएको छ ।