शेरधन राई
शेरधन राई
पार्टी कमिटी संलग्नता
  • २०४३-४४ बाट विद्यार्थी राजनीतिको सुरुवात
  • २०४५ भोजपुर बहुमुखी क्याम्पसमा प्रा.क. मा सदस्य
  • २०४५ अनेरास्वविुको जिल्ला कमिटी सदस्य
  • २०४६ जनआन्दोलनमा 'निछाक' नामबाट पार्टी गतिविधि र आन्दोलनमा संलग्न
  • २०४८र २०४९ प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसचिव हुँदै का.वा.अध्यक्ष
  • २०५० अनेरास्ववियू, जिल्ला कमिटी अध्यक्ष
  • २०४९ नेकपा (एमाले) जिल्ला कमिटी सदस्य भोजपुर
  • २०५० नेकपा (एमाले) सचिवालय सदस्य भोजपुर
  • २०५० हेटौंडा सम्मेलनबाट केन्द्रीय सदस्य र पुर्वाञ्चल प्रमुख
  • २०५२ पुनःअनेरास्ववियु केन्द्रीय सदस्य र पुर्वाञ्चल प्रमुख
  • २०५४ -२०६६ पार्टी सचिव, नेकपा (एमाले) भोजपुर (लगातार तीन कार्यकाल)
  • २०६७ अध्यक्ष, नेकपा एमाले भोजपुर
  • २०७० वैकल्पिक केन्द्रीय सदस्य,नेकपा (एमाले)
  • २०७१ नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै पोलिटव्युरो सदस्य एंव युवा फाँट इञ्चार्ज, तत्कालिन प्रदेश नं १ सह– इन्चार्ज
  • २०७५ जेठबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, सह-इञ्चार्ज तत्कालिन प्रदेश नं १
  • २०७८ दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य निर्बाचित, स्थायी कमिटी सदस्य, सदस्य केन्द्रिय संगठन बिभाग ।
संक्षिप्त जानकारी

मुख्यमन्त्री शेरधन राई: संक्षिप्त चिनारी

शेरधन राई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकाे तत्कालिन  प्रदेश नं १ को प्रथम मुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँ हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

मुख्यमन्त्री राई नेपाल सरकारको सूचना तथा संचार प्रविधि मन्त्री एवम् प्रवक्ता रहिसक्नुभएको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा लाग्नु भएका राईले लामो समय जिल्लाको नेतृत्व गरी केन्द्रीय नेतृत्वमा पुग्नु भएको हो । उहाँ निष्ठा  निरन्तरताको राजनीतिमा विश्वास गर्नुहुन्छ ।

राई वि.सं २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री चयन हुनु भएको हो ।

पारिवारिक पृष्ठभूमि

 

पूर्वको पहाडी जिल्ला भोजपुरको दक्षिणमा रहेको पसलभन्ज्याङ गाउँमा वि.सं २०२७ फागुन ११ गते आमा राम्रीमाया र बुबा जागिरमान राईको जेठो सन्तानको रुपमा शेरधन राईको जन्म भएको हो । पसलभन्ज्याङ गाउँ पहिले थिदिङ्खा गाउँ विकास समिति वडा नं. ५ मा पर्दथ्यो भने अहिले आमचोक गाउँपालिकाको वडा नं. ३ मा रहेको छ । किसान परिवारमा जन्मिनुभएका राईका आमाबुबा हाल पनि आफ्नो गाउँमा नै खेतीपाती गरी बस्नुहुन्छ । उहाँका आफ्नो जिवन संगिनी सहित  दुई बहिनी छन् ।

विद्यालय शिक्षा

शेरधन राई प्रारम्भिक शिक्षा घर नजिकको शिक्षाज्योति निम्न माध्यमिक विद्यालयबाट

 

सुरु भयो । त्यहाँ उहाँले कक्षा ७ सम्म अध्ययन गर्नुभयो । हाइस्कुलको अध्ययनको उहाँले तीन घण्टा टाढा रहेको सगरमाथा माध्यमिक विद्यालय घोरेटारमा जानुप¥यो । त्यहाँ उहाँले डेरा लिएर बस्नुभयो । त्यहाँबाट उहाँले वि.सं २०४३ सालमा प्रवेशिका उत्तीर्ण गर्नुभयो ।

विद्यालय पढ्दा उहाँको जीवनमा एउटा पीडादायी घटना भयो । कक्षा ९ मा पढ्दा उहाँ रगतमासीको बिमारले थलिनुभयो । एकसातापछि उहाँको भाइ विष्णुलाई पनि रगतमासीले च्याप्यो । ६ वर्षका विष्णुको त्यै बिमारले मृत्यु भयो ।

विद्यालयमा भने शेरधन राईको मृत्यु भयो भन्ने खबर फैलियो । पढाई र खेलकुदमा लगनशील शेरधनको मृत्युको खबरले

 

विद्यालय परिवार दुःखी भयो । सगरमाथा माध्यमिक विद्यालयले शोकसभा मनायो । एक जना शिक्षकले “मेरो प्यारो शेरधन” शीर्षकको कविता वाचन गरेरै श्रद्धान्जली दिए । कार्यक्रम अन्त्यमा शेरधन हैन, उनका भाइ बितेछन् भन्ने खबर पुग्यो । शेरधनका समकालीन र पूराना शिक्षकले अझै पनि यो घटनाको स्मरण गर्दछन् ।

पढाइको अलावा शेरधन राईको रुचि र दख्खल भलिबल खेलमा थियो । दश वर्षकै उमेरबाट भलिबल खेल्नुभएका उहाँले जिल्लाको च्याम्पियनको उपाधि पाउनु भएको थियो । उहाँ बेलायती सेनाका मामा ढोकलसिंह राईले उपहार दिनुभएको भलिबलले सो खेलप्रति आफ्नो रुचि जागेको मान्नुहुन्छ ।

 

कलेज, खेल र राजनीति

शेरधनको राजनीतिमा रुचि स्कूले जीवनदेखि नै सुरु भएको थियो । विद्यालय पढ्दादेखि नै अनेरास्ववियुको विद्यार्थी राजनीतिमा उहाँको सम्पर्क र आकर्षण बढेको थियो । जिल्लामा वाम र विद्यार्थी राजनीतिसँगको सामीप्यताले उहाँमा राजनीतिको चाख बढ्यो ।

०४४–०४५ सालमा भोजपुर बहुमुखी क्याम्पसमा पढ्दा उहाँ विद्यार्थी राजनीतिमा सक्रिय रहनुभयो । क्याम्पसको प्रारम्भिक कमिटीमा रहेकै बेला भूमिगत रुपमा बोखिमको दाम्सिङमा भएको अनेरास्वबियुको जिल्ला  सम्मेलनबाट जिल्ला कमिटीमा चुनिएपछि पछि उहाँको विद्यार्थी राजनीति र पार्टी कमिटीहरुमा

 

जिम्मेवारी बढ्यो । ०४५ सालबाट पार्टी राजनीतिमा लागेपछि उहाँ “निछाक” (राई भाषामा भाइ) को नामबाट पार्टी राजनीतिमा संलग्न हुनुभयो र ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा समेत होमिनु भयो  । जतिबेला उहाँको उमेर १९ वर्षको थियो ।

२०४६ सालमा जिल्लामा आयोजित तत्कालिन रजत जयन्ती कप भलिबलमा उहाँ च्याम्पियन हुनुभयो । ०५१ सम्म जिल्लालाई प्रतिनिधित्व गरेर उहाँले दर्जनौँ प्रतियोगितामा सहभागि हुनुभयो । तेक्वान्दो खेलमा पनि राईको चाख र दख्खल थियो । खेलजीवनको व्यक्तित्व र आकर्षक जीउडालका कारण गोर्खाभर्तीमा भर्ना गराउन गल्लावालहरु उहाँको पछि

 

लागेका थिए । बुबा र मामा को इच्छा पनि भर्ती लागोस् भन्ने थियो । तर विद्यार्थी आन्दोलन गोर्खाभर्तीको  विरोधमा रहेकाले त्यसले उहाँलाई आकर्षण गरेन ।

उहाँले ०४५ सालमा प्रमाण पत्र तह उतिर्ण गरेपछि छिमेकी गाउँ चुमाराङको जनकल्याण प्राथमिक विद्यालयमा ६ महिना शिक्षण समेत गर्नुभयो ।

अखिलको जिल्ला अध्यक्ष रहेको बेला ०५० मा हेटौंडामा भएको सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भयो, र पूर्वाञ्चल प्रमुख बन्नुभयो । ०४८ र ४९ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला सहसचिव हुँदै कार्यवाहक अध्यक्ष रहनुभयो । ०५२ मा भएको अखिलको १३ औं सम्मेलनबाट पुनः केन्द्रीय सदस्य र

 

पुर्वाञ्चल प्रमुख बन्नुभएका उहाँ विद्यार्थी राजनीतिमा रहँदा नै ०४९ मा पार्टीको जिल्ला कमिटीमा आउनु भएको थियो ।

नेकपा एमालेका महासचिव मदन भण्डारीका विचार, उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र उहाँको जीवनलाई मार्गदर्शक बनाउनु भएका राई “राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन” भन्ने भण्डारीको उद्धरण आफ्ना लागि मार्गदर्शक भएको बताउनुहुन्छ । विभिन्न समयहरुमा पार्टी राजनीतिमा गुटफुटको राजनीतिलाई परास्त गर्दै पार्टीको राजनीतिक जीवनमा निरन्तरता र निष्ठालाई महत्वपूर्ण ठानेर पार्टीको मुलधारमा क्रियाशील रहनुभएको छ ।

सशस्त्र द्वन्द्वको समयमा जिल्लामा रहेर

 

पार्टीको बाग्डोर सम्हाल्नु भएका उहाँ शाही कदमपछिको राजनीतिक आन्दोलनमा दलहरुको नेतृत्व लिएर काम गर्नु भएको थियो । ०६२ र ०६३ मा भएको आन्दोलनमा जिल्ला सदरमुकाममा प्रहरीले बन्दुकको कुन्दाले हान्दा बेहोस भएका राईलाई त्यसबेला हेलिकोप्टरबाट काठमाडौँ ल्याएर उपचार गराउनु परेको थियो ।

भोजपुर जिल्लाबाट ०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक विजयी हुनुभयो । जतिबेला उहाँको उमेर २७ वर्षको मात्र थियो । त्यतिबेला प्रतिनिधिसभाको कान्छो सांसदको रुपमा उहाँको चर्चा भएको थियो । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा

 

भोजपुर क्षेत्र नं २ बाट विजयी हुनुभयो । संविधानसभामा उहाँले संविधान मस्यौदासमितिको सदस्य र सुशासन तथा अनुगमन समितिको सभापति हुनुहुन्थ्यो ।

उहाँले भोजपुर बहुमुखी क्याम्पसबाट स्नातक गर्नुभएको छ भने पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नात्तकोत्तर गर्नुभएको छ ।

पार्टी बचाउ आन्दोलनको नेतृत्व

०५४ मा एमाले पार्टी विभाजित हुँदा राई एमाले भोजपुरको उपसचिव हुनुहुन्थ्यो । अधिकांश नेता कार्यकर्ता पार्टी विभाजनसँगै मालेमा जाँदा राई एमालेमै रहनुभयो । उहाँले ०७० बैशाखसम्म लगातार चार कार्यकाल जिल्ला पार्टीलाई सर्बसम्मत रुपमा कुशल नेतृत्व प्रदान

 

गर्नुभयो ।

संविधानसभा विघटनसँगै एकल पहिचानको विषयलाई लिएर तत्कालीन (एमाले) उपाध्यक्ष अशोक राई सहितको समूह २०६९ मा बाहिरिन लाग्दा उहाँले त्यो कदमलाई रोक्न हरदम प्रयास गर्नुभयो । कतिसम्म भने त्यतिबेला २४ जिल्लामा एमालेका जनजाति जिल्ला पार्टी अध्यक्षहरुको नेतृत्व गरेर अशोक राईहरुसँग पटक—पटक संवाद बढाउनुभयो । उहाँको त्यो पहलकदमीले (एमाले) ठूलो क्षतिबाट जोगिन पुग्यो ।

उहाँले त्यसबेला खेलेको सन्तुलित भूमिकाले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चा पाएको थियो भने उक्त भूमिकाले राष्ट्रिय राजनीतिमा ठूलो तरंग पैदा गरेको थियो ।

 

एकल जातीय पहिचानको मुद्दा भएको त्यो बेला शेरधनले आफ्नो राजनीतिक जीवन नै दाउमा राखेर पार्टी नेतृत्वले लिएको बहुबहिचानको मुद्दा वकालत गर्नुभएको थियो । पार्टीलाई बचाउन ०५४ होस् या ०६९ मा उहाँले खेलेको महत्वपूर्ण भूमिका स्मरणीय छ ।

आफूलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सिपाही भन्न रुचाउने राई संकट परेका बेला सतिसाल झैँ उभिने गर्नु भएको छ ।

पार्टीलाई जनताका बीचमा एकाकार बनाइरहन उहाँले तत्कालीन एमालेभित्र खेलेको भूमिका अघिल्लो पुस्ताका नेताहरुका लागि समेत महत्वपूर्ण बनेको छ । २०७१ सालमा पार्टी केन्द्रिय कमिटीको पोलिटब्युरो सदस्यको हैसियतमा पार्टीको

 

युवा ईन्चार्जको रुपमा समेत काम गर्नुभएका युवा नेता राईलाई युवासंघभित्र लामो समयदेखि रहेको विवाद निरुपण गरेका जश पनि छ ।

सार्वजनिक/ राजकीय भूमिका

पार्टीमा राजनीतिक योगदान

१.पाँचौं राष्ट्रिय महाधिवेशन देखि लगातार राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्दै महत्वपुर्ण भुमिका खेलेकाे । २.पाँचौं राष्ट्रिय महाधिवेशन देखिनै जबजकाे पक्षमा उभिदै, जबजकाे पक्षपाेषण, रक्षा र बिकासमा याेगदान गर्दै आएकाे । ३.२०५४ काे पार्टी बिभाजनमा पार्टीकाे पक्षमा उभिएर महत्वपुर्ण भुमिका खेलेकाे । ४.द्वन्दकाे पुरै अवधिमा एकरत्ति बिचलित नभई पार्टी र देशकाे राजनितीलाई जाेगाउन महत्वपुर्ण भुमिका खेलेकाे । ५.पार्टी भित्र चाहे एकल जातीय पहिचानकाे नाममा वा जुनसुकै नाममा देखा परेका गलत बिचार प्रबृति र पात्रहरुकाे बिरुद्व खराे उभिदै आएकाे । ६.०४६ सालकाे जनआन्दोलन, शाही कु बिरुद्वको आन्दाेलन, ०६२/६३ काे जन आन्दाेलनमा महत्वपूर्ण भुमिका खेलेकाे ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com