पासाङ शेर्पा
पासाङ शेर्पा
पार्टी कमिटी संलग्नता
  • केन्द्रीय कमिटी सदस्य
संक्षिप्त जानकारी

बिगत २०३६ सालको बिध्यार्थी आन्दोलनमा सहभागी हुदै बामपन्थी राजनितीक जिवनमा प्रबेश गरेको । नेकपा एमाले गाउँ सँगठन कमिटी पापुङ, ताप्लेजुङको सचिब हुदै पार्टी सँगठनमा काम सुरु गरेर हाल केन्द्रीय कमिटी सदस्यमा कार्यरत । नेपाल आदिवासी जनजाती महासँघको केन्द्रीय सदस्य, केन्द्रीय अर्थ सचिब हुदै केन्द्री अध्यक्ष सम्मको जिम्मेवारी रहेर आदिवासी आन्दोलनमा करिब एक दशक सम्म पदीय जिम्मेवारी सहित काम गरेको । पेसाले सामन्य कृषक ।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    सँबिधानसभा
  • recent_actors
    सँबिधानसभाको सँबैधानिक समितीको सदस्य भई काम गरेको । सँबिधान लेखनमा मुलता सामाजिक न्याय, समानता, समानुपातिक समावेसिता जस्ता सवालमा केन्द्रित भई भुमिका निर्वाह गरेको ।

  • account_circle
    अन्तराष्ट्रिय बौद्द सम्मेलन आयोजक समिति
  • recent_actors
    नेपाल सरकारले आयोजना गर्ने अन्तराष्ट्रिय बौद्द सम्मेलन मुल आयोजक समितिको कार्यकारी निर्देशक भई कार्यक्रमको तयारीको सबै कार्य पुरा गरियो । त्यसै समयमा कोभिड महामारीको कारण पुरै मुलुक लकडाउन हुन गएकोले यो कार्यक्रम पनि स्थागित भएर कार्यक्रम आयोजना हुन सकेन ।
भिडियो

पार्टीमा राजनीतिक योगदान

१) २०३६ सालको बिध्यार्थी आन्दोलन देखि नै कम्युनिष्ट आन्दोलनमा निरन्तर सहभगी हुदै आएको छु । २) २०६२/०६३ को लोकतान्त्रिक जनआन्दोलनमा नेपालका आदिवासी जनजातिहरुलाई सहभागी गराउने काममा सक्रिय भुमिका निर्वाह गरेकोछु । ३) २०५८ साल देखि यता नेपालको आदिवासी जनजाती अगुवाको रुपमा सामाजिक न्याय, समानता, समानुपातिक समावेसीता, धर्मनिरपेक्षता, पहिचान र स्वअस्तित्वको अभियानहरुमा निरन्तर सहभागिता जनाउदै आएको छु । ४) २०६४ सालमा सँबिधानसभा सदस्य भई नेपालको सँबिधान लेखनको काममा सक्रिय भुमिका निर्वाह गरेको छु ।

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com