मुरारी सुवेदी
मुरारी सुवेदी
पार्टीमा राजनीतिक योगदान

२०३६, ३७ सालकाे विद्यार्थी आन्दाेलनमा भानु मा. वि. डाँडा वजारमा अनेरास्ववियूकाे जुलुस तथा कार्यक्रममा सहभागी हुँदै राजनिति प्रति आकर्षित। विद्यालयमा भएकाे स्ववियु निर्वाचनमा अनेरास्ववियुकाे पक्षमा मतदान। अभानेस्ववियू प्रारम्भिक समिति वृन्दावन एक कार्यकाल सदस्य, एक कार्यकाल सचिव।सन् १९८५ देखि सन् १९९० सम्म । सन् १९८७ मा भारत प्रवासमा नेकपा मालेकाे सदस्यता प्राप्त भई भूमिगत नाम " गाैरव" बाट पार्टी काममा क्रियाशिल। सन १९८७ मा २०१७ साल देखि क्रियाशिल " नेपाली छात्रसंघ वृन्दावन" मा हस्तक्षेप गर्ने नीति वनाई १९ सदस्यीय समितिमा सबै पदमा अभानेस्ववियुका उम्मेदवार विजय गराई जितेकाे ७ दिनमा छात्रसंघ विघटन गरि अभानेस्ववियू प्रारम्भिक समिति वृन्दावनमा छात्रसंघकाे सम्पूर्ण जायजेथा सहित विलय गराईयाे । त्याे निर्वाचनमा छात्रसंघकाे मन्त्री ( सह सचिव) मा विजय भएकाे । अनेरास्ववियु महेन्द्र क्याम्पस धरान २०४६देखि २०४८ अध्यक्ष । साताै सुनसरी जिल्ला सम्मेलनबाट सचिव । नवाै राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद सदस्य, दशाै राष्ट्रिय सम्मेलन आयाेजक कमिटि सदस्य । २०४६ साल काे आन्दोलनमा धरानमा नेतृत्वमा रहि काम गरेकाे । २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय एकता मन्च धरान सचिव । २०५० देखि २०५८ सम्म एमाले धरान नगर कमिटि सदस्य । २०५८ देखि २०७६ सम्म एमाले सुनसरी जिल्ला कमिटि सदस्य तथा सचिवालय सदस्य । जिल्ला कमिटिमा प्रचार विभाग प्रमुख, स्थानिय विकास विभाग प्रमुख, धरान नगर ईन्चार्ज,पार्टी स्कुल विभाग प्रमुख । प्रचार प्रमुख रहँदा सुनसरी जिल्ला काे राजनितिक पत्रीका हाम्रो दृष्टिकोण काे मासिक प्रकाशन आरम्भ गरियाे । नेकपा काल देखि हाल सम्म १ नं प्रदेश कमिटि सचिवालय सदस्य ।प्रदेश कमिटि प्रचार विभाग प्रमुख वर्तमानमा सुनसरी निर्वाचन क्षेत्र नं १ ईन्चार्ज । संकटका समय नेकपा काे केन्द्रीय सदस्य । नेकपा एमालेकाे प्रथम काेशी प्रदेश अधिवेशन देखि पार्टीको दाेस्राे विधान अधिवेशन २०८२ भाद्र २०,२१, २२ सम्म कुनै पनि जिम्मेवारी प्राप्त भएकाे छैन। कुनै पनि जिम्मेवारी पूरा गर्ने अठाेटका साथ जिम्मेवारीकाे प्रतिक्षामा छु । पार्टीको पाँचौं ,आठाै महाधिवेशन प्रतिनिधि। ऐतिहासिक प्रथम विधान अभिवेशन प्रतिनिधि
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com