बुद्दि कुमार राजभण्डारी
बुद्दि कुमार राजभण्डारी
पार्टी कमिटी संलग्नता
  • २०३७ साल बाट अ ने रा स्व वि यु छैठौ को उपाध्यक्ष बाट, २०५१ साल जेष्ठ ३ गते बाट एमाले प्रवेश गरि २०५३ साल बाट २०६६ साल मंसिर सम्म जिल्ला कमिटि सोलुखुम्बुको सचिब पदमा कार्य गरेको ।
संक्षिप्त जानकारी

२०३६ सालबाट विधार्थी बाट राजनिति शुरु ( अ ने रा स्व वि यु छैठौ बाट ) २०३७ सालमा जि क उपाध्यक्ष, २०४० सालमा एकता केन्द्र को जिल्ला सचिब, २०४७ सालमा जनमोर्चाको जिल्ला सचिब,२०४८ सालको कर्मचारी आन्दोलनमा जागिर बाट अवकास दिएको गिरिजा सरकारले, २०४९ सालमा तत्कालिन सल्लेरी गा वि स को वडा नं ७ को वडा अध्यक्षमा जनमोर्चाको तर्फ बाट निर्वाचित , २०५१ साल जेष्ठ ३ गते एमाले प्रवेश, तत्कालै जि क सदस्यमा मनोनित हुदै कार्यालय सचिब को जिम्मेवारीमा रहेर २०५३ मंसिरमा भएको दोस्रो जिल्ला अधिवेशन बाट जिल्ला सचिब पदमा निर्वाचन,२०५६ मंसिरमा भएको तेस्रो जिल्ला अधिवेशन बाट जिल्ला कमिटि सचिव मा निर्विरोध निर्वा्चित २०६१ मंसिरमा भएको चौथो जिल्ला अधिवेशन बाट जिल्ला कमिटि सचिव मा निर्विरोध निर्वाचित,२०६४ सालको संविधानसभा सदस्यको उमेद्वार भई पराजित,२०६६ सालमा भाएको पाँचौ जिल्ला अधिवेशन मा अध्यक्ष पदमा पराजित, तत्कालिन सगरमाथा अञ्चल कमिटीको सदस्य रहदै २०७२ सालमा जारी संविधान अनुसार देश संघीयतामा गए संगै हाल सम्म प्रदेश कमिटि सदस्य,२०७४ सालको प्रदेश सभाको निर्वाचनमा निर्वाचित भएपछि तत्कालीन १ नं प्रदेश सभाको संसदीय दलकाे प्रमुख सचेतक पाचै बर्ष काम गरेको, २०७९सालको प्रदेश सभाको निर्वाचनमा पुन: निर्वाचित भई सामाजिक विकास मन्त्रालय, पर्यटन,वन तथा वातावरण मन्त्रालय र खानेपानी तथा उर्जाविकास मन्त्री को जिम्मेवारीमा आधा बर्ष काम गर्ने अवसर प्राप्त गरेको,हाल कोशी प्रदेश सभाको सदस्य र कोशी प्रदेस कमिटिको सदस्य। राष्ट्रिय महाधिवेशनहरु छैठौ,सातौ,आठौ र दशौमा प्रतिनिधित्व गरेको ।

सार्वजनिक/ राजकीय भूमिका

पार्टीमा राजनीतिक योगदान

काङ्ग्रेसको किल्ला तोड्न कसिलो संगठन गर्दै पार्टीलाई जित दिलाउन सफल २०७४ साल को स्थानिय,प्रदेश र संघको निर्बाचनमा । २०७९ निर्वाचनमा हाम्रा उमेद्वार लाई प्रदेश र संघमा विजय गराउन सफल । आफैले उमेध्दवार प्राप्त गरि २०७४ र २०७९ को प्रदेश सभा सदस्यमा निर्वाचित। सामाजिक संघ संस्था योङ्ग स्टार क्लब र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बु मार्फत पनि अन्गिति सामाजिक कार्य गरि रहेको ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com