विष्णुप्रसाद रिमाल
विष्णुप्रसाद रिमाल
पार्टी कमिटी संलग्नता
  • २०४२–४४: नेकपा (माले) को जिल्ला तहको कमिटीमा संगठित ।
  • २०४४–४६: नेकपा (माले) को जिल्ला कमिटीमा सचिवको रुपमा क्रियाशिल ।
  • २०४६–४८: नेकपा (माले) को काठमाडौं उपत्यका विशेष कमिटी (अञ्चल तह) को सदस्यको जिम्मेवारी बहन ।
  • २०४८–५४: नेकपा (माले) र नेकपा–मार्क्सवादी वीच एकीकरण पछि बनेको नेकपा– एमालेको काठमाडौं उपत्यका विशेष कमिटी (अञ्चल तह) को सदस्यको जिम्मेवारी बहन ।
  • २०५४–५६: नेकपा–एमालेको छैटौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अनुशासन नीरिक्षण कमिटीको सदस्यको जिम्मेवारी बहन ।
  • २०५६–५९ नेकपा–एमालेको वैकल्पिक केन्द्रीय सदस्यको रुपमा र त्यसपछि विभिन्न विभागको प्रमुख, सचिव र सदस्यको जिम्मेवारी बहन ।
  • २०६० मा सम्पन्न सातौं राष्ट्रिय महधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित । सामाजिक सेवा विभागको प्रमुख तथा ट्रेडयुनियन फाँटको इञ्चार्ज ।
  • २०६५ मा भएको नेकपा–एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी, पोलिब्युरो सदस्यमा निर्वाचित । सामाजिक सेवा विभागको प्रमुख तथा ट्रेडयुनियन फाँटको इञ्चार्ज ।
  • २०७० मा भएको नेकपा–एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्यमा निर्वाचित । केन्द्रीय आर्थिक विभाग प्रमुख तथा केन्द्रीय सचिवालयको सदस्य ।
  • २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएपछि गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य । २०७५ जेठ १३ गतेबाट केन्द्रीय कमिटी, स्थायी कमिटीको सदस्य ।
  • २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण कानुनी रुपमा रद्द भएपछि रुपान्तरित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी, स्थायी कमिटीको सदस्य ।
  • २०७८ मङ्सिर १०–१४ गतेसम्म चितवनको सौराहामा सम्पन्न नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव पदमा निर्विरोध निर्वाचित । वित्त तथा कोष व्यवस्थापन विभाग र निर्वाचन विभाग प्रमुख ।
संक्षिप्त जानकारी

विगतको पेशा र अनुभव

       २०४० भाद्रदेखि २०४६ चैत्रसम्म इन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा प्रशिक्षण ।

       २०३८ देखि २०४० सम्म पञ्चायत तथा स्थानीय विकास मन्त्रालय अन्तरगत सार्वजनिक निर्माण शाखा, धादिङ र मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय, काठमाडौं अन्तरगत विभिन्न साइटमा डिप्लोमा ईन्जिनियर (ओभरसीयर)को रुपमा कार्यरत ।

       २०३५ साउनदेखि पुससम्म प्राथमिक विद्यालय शिक्षक

 

 

प्रकाशित पुस्तकहरु

–       गरिखानेको नाममा, २०७४ बैशाख

–       संघीयता, ट्रेडयुनियन र सामाजिक सम्वाद, २०७३

–       नक्सामा समावेशीकरण र राज्यको पुनर्संरचना, २०६३

–       वैदेशिक रोजगार र प्रवासी मजदुर, २०५४

–       श्रमिक (कार्टुनचित्र कथा), २०४८

–       नेपाली ट्रेड यूनियन आन्दोलन: इतिहासलाई फर्केर हेर्दा, २०४८

 

संपादन गरिएका प्रकाशनहरु:

       ट्रेड यूनियन तथा वालश्रम (उल्थाकार: अग्निशिखा), २०६०

       स्क्रीम: बालश्रम रोकौँ (उल्थाकार: अग्निशिखा), २०५८

       नेपाली श्रमिक आन्दोलनमा महिला सहभागिता (तयार पार्ने: विन्दा पाण्डे), २०५७

       श्रमिक खवर (मजदुर म्यागेजिन)

       दर्जनौं वृत्तचित्र र भिडियो स्क्रिप्ट

       इनटरनेट वेवसाइटहरु

 

सहलेखनका पुस्तकहरु

       सबै श्रमिकका लागि सामाजिक सुरक्षा, २०६८

       कार्यथलोमा मर्यादित कामको लागि, २०६३

       ट्रेड यूनियन र श्रमको मूल्य सिद्धान्त, २०६२

       श्रमिकहरुको मौलिक मानवअधिकार (कार्टुनसचित्र कथा), २०६१

       विकल्पमा समाजवाद, २०६१

       कृषि श्रमिक, २०६०

       श्रमिक महिलाका अधिकार, २०५९

       विकल्पको खोजी, २०५९

       मिनाको कथा (कार्टुनसचित्र कथा), २०५९

       आजको श्रम एजेण्डा, २०५९

       ज्याला (कार्टुनसचित्र कथा), २०५८

       हामी महिला, २०५७

       मजदुरहरुको मौलिक मानव अधिकार, २०५७

       ट्रेड यूनियन सम्बन्धि आधारभूत ज्ञान, २०५७ (दोस्रो संस्करण, २०६१)

       प्रशिक्षकको किताव, २०५५

       सामूहिक सौदावाजी, २०५५

       सूचना संकलन तथा अभिलेखन, २०५४

       कसो गर्ने होला (कार्टुनसचित्र कथा), २०५०

       यूनियन व्यवस्थापन, २०५०

 

सहसंपादन पुस्तकहरु

       म प्रधानमन्त्री हुदा (पूर्व प्रम केपी ओलीका भाषणहरुको संग्रह), २०७३

       द्वन्द्वबाट रुपान्तरणतिर, २०६७

       श्रम संसारका बाह्र वर्षहरु (सहलेखन सहित), २०६०

       राष्ट्रिय श्रमनीति, २०५६

 

संयुक्तअनुवाद

       विश्व अर्थतन्त्र, २०५५

       महिलाहरु मजदुर हुदा, २०५०

       जब पोथी बास्छे, २०५०

–       अङ्ग्रेजी भाषामा दर्जन पुस्तक, प्रतिवेदन र केसस्टडीहरु ।

सार्वजनिक/ राजकीय भूमिका

भिडियो

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com