काशीनाथ अधिकारी
काशीनाथ अधिकारी
पार्टी कमिटी संलग्नता
  • २०८० जेठदेखि नेकपा(एमाले) केन्द्रीय संगठन विभागको प्रमुखको जिम्मेवारी
  • २०७८ मंसिरदेखि २०८० जेठसम्म नेकपा(एमाले) वागमती प्रदेश संगठन कमिटीको ईञ्चार्जको जिम्मेवारी
  • २०७७ फागुनदेखि २०७८ मंसिरसम्म नेकपा(एमाले) वागमती प्रदेश संगठन कमिटीको सह–ईञ्चार्जको जिम्मेवारी
  • २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा आयोजित नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित । केन्द्रीय कमिटीको दोश्रो बैठकबाट स्थायी कमिटीको सदस्यमा मनोनित
  • २०७६ श्रावणदेखि २०७७ फागुनसम्म तत्कालिन नेकपाको वागमती प्रदेश संगठन कमिटीको सह–संयोजकको जिम्मेवारी
  • २०७५ जेठ ३ गते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का बिच एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठन । नेकपाको केन्द्रीय सदस्यमा मनोनित
  • २०४७ साल जेठदेखि नेकपा ( माले ) नारायणी क्षेत्रिय संगठन कमिटीको सचिव – २०४७ पौषसम्म
  • २०७३ श्रावणदेखि २०७५ जेठसम्म तत्कालिन प्रदेश नं.३, प्रदेश संगठन कमिटीको सहसंयोजकको जिम्मेवारी
  • २०७१ असार १९ देखि श्रावण २ गतेसम्म काठमाण्डौमा आयोजित नेकपा(एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित । केन्द्रीय कमिटी बैठकबाट पुनः पोलिट व्युरो सदस्यमा निर्वाचित
  • २०७१ श्रावणदेखि २०७३ श्रावणसम्म केन्द्रीय पुस्तकालय तथा अभिलेख विभागको प्रमुखको जिम्मेवारी
  • २०६६ जेष्ठमा सम्पन्न नेकपा(एमाले) केन्द्रीय कमिटीको बैठकबाट पोलिट ब्यूरो सदस्यमा निर्वाचित
  • २०६६ असारदेखि २०७१ असारसम्म नेकपा(एमाले)को तत्कालिन नारायणी अंचल समन्वय कमिटीको संयोजक
  • २०६५ फागुन ५–१४ मा वुटवलमा सम्पन्न नेकपा(एमाले)द्वारा आयोजित नेकपाको आठौं राष्टिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्यमा पुनः निर्वाचित
  • २०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभा सदस्यका लागि चितवन क्षेत्र नं २ वाट उम्मेदवार । पराजित
  • २०५९ माघ १८–२२ मा जनकपुरमा सम्पन्न नेकपा (एमाले)द्धारा आयोजित नेकपाको सातौं राष्टिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको सदस्य
  • २०५९ फागुनबाट २०६६ जेष्ठसम्म नेकपा(एमाले)को केन्द्रीय कार्यालय–सचिवको जिम्मेवारी
  • २०५४ साल माघ १४–२० मा नेपालगन्जमा सम्पन्न नेकपा(एमाले) द्वारा आयोजित नेकपाको छैठौं राष्टिय महाधिवेशनबाट पुनः निर्वाचित केन्द्रीय कमिटीको सदस्य
  • २०५४ फागुनदेखि २०५९ माघसम्म नेकपा(एमाले)को तत्कालिन गण्डकी अन्चल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी
  • २०५३ पौषदेखि २०५४ माघसम्म नेकपा(एमाले) केन्द्रिय संगठन विभागको सचिव
  • २०४९ माघ १४–२० मा काठमाण्डौमा सम्पन्न नेकपा ( एमाले )द्वारा आयोजित नेकपाको पाँचौ राष्टिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीको सदस्य
  • २०४९ माघदेखि २०५४ माघसम्म नेकपा(एमाले)को तत्कालिन नारायणी अंचल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी
  • २०४७ पौषमा सम्पन्न माले र माक्र्सवादी एकिकरण । नेकपा (एमाले) गठन पश्चात राष्टिय परिषदको सदस्यमा मनोनित तथा नेकपा ( एमाले )को नारायणी क्षेत्रिय कमिटीको सचिवको जिम्मेवारी – २०४९ माघसम्म
  • २०४६ सालको भाद्र महिनामा नेकपा(माले) द्धारा सिराहामा भूमिगतरुपमा आयोजित नेकपाको चौथो राष्टिय महाधिवेशनमा चितवनबाट प्रतिनिधी
  • २०४६ सालको संयुतm जनआन्दोलनमा चितवनमा नेकपा ( माले ) को आन्दोलन संयोजक
  • २०४५ साल श्रावण देखि नेकपा ( माले ) चितवन जिल्ला संगठन कमिटीको सचिव र नारायणी–जनकपुर क्षेत्रिय कमिटीको सदस्य – २०४७ जेठसम्म
  • २०४१ बैशाख ९ गतेदेखि नेकपा ( माले ) मकवानपुर जिल्ला संगठन कमिटीको सचिव तथा नेकपा ( माले ) नारायणी क्षेत्रिय संगठन कमिटीको सदस्य – २०४५ श्रावणसम्म
  • २०३९ साल पौषदेखि नेकपा (माले ) चितवन जिल्ला संगठन कमिटीको उपसचिव
  • २०३८ साल चैत्रदेखि नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी )को पूर्णकालिन ( भूमिगत ) कार्यकर्ता
  • २०३७ साल कात्तिक ७ गते सिन्धुपाल्चोकको पिस्करमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी– लेनिनवादी)को सदस्यता प्राप्त
  • २०३७ सालदेखि २०४६ सालसम्मको भूमिगत अवधिमा दीपक, रोशन, गोविन्द, आदि टेक न्याम (छद्म नाम)बाट परिचित
  • २०३६ साल बैशाख देखि नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी– लैनिनवादी) सिन्धुपाल्चोक जिल्ला अन्र्तगत सक्रिय दलको सचिव
  • २०३५ सालको अन्त्यमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)मा प्रवेश
  • २०३३ साल श्रावणमा पश्चिमको रातो झण्डा भनिने ‘सर्वहारावादी क्रान्तिकारी संगठन नेपाल (प्रोन)‘ संगको सम्पर्क । २०३४ सालको अन्त्यमा सर्वहारावादी क्रान्तिकारी संगठन नेपाल ( प्रोन )को सदस्यता प्राप्त
संक्षिप्त जानकारी

ब्यक्तिगत विवरण :

जन्म मिति    .२०१६ असार १९ (जुलाई ३, १९५९)
जन्म स्थान    .भानु नगरपालिका – ११, केउरेपानी, तनहूं
स्थायी ठेगानाः  .रत्ननगर न.पा–९, भानुचोक , चितवन
पिता          .पुष्पनिधि अधिकारी
माता          .हरिमायाँ अधिकारी
श्रीमती        .सुशीला अधिकारी
सन्तान        .छोरी : ( सिर्जना र संझना ), छोरा : दर्शन अधिकारी
शिक्षा :
       बिद्यालय : श्री शान्ति हाई स्कूल कुन्छा, लमजु¨
       क्याम्पस ;  कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर, चितवन 
                  (बि. एस्सी. एजीसम्म अध्ययन मात्र)
फोन : ९८५११८९०७७

email : kna1959@gmail.com

सार्वजनिक/ राजकीय भूमिका

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com