म स्कुले जीवनदेखि नै नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुमा संगठित भई काम गर्दै आएको हुँ । अनेरास्ववियु, बागलुङको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, पार्टीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटी, क्षेत्र नं १ को अध्यक्ष हुँदै पार्टीको जिल्ला सचिव भई काम गरेको छु । हाल मेरो जिम्मेवारी प्रदेश कमिटी सदस्यको रूपमा रहेको छ ।