चन्द्र बहादुर गहतराज
चन्द्र बहादुर गहतराज
पार्टी कमिटी संलग्नता
  • २०५१/०५२ सालमा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी तदर्थ कमिटीको सदस्य रहेर काम गरे । पछि मेरो अध्यनको कारणले निरन्तरता दिन सकिन । अधययन पछि २०६० सालमा गोरुसिङेमा ७ सदस्य जिल्ला कमिटी गठन गरि जिल्ला अध्यक्ष भए । करिब ५ वर्ष जति कपिलवस्तु जिल्लाको अध्यक्ष भए । २०६३ सालमा कपिलवस्तु पार्टी जिल्ला कमिटी सदस्यमा मनोनयन गर्यो । २०६६ सालमा पुनः जिल्ला कमिटी सदस्य भए । सातौं जिल्ला अधिवेशनबाट पुन दलित तर्फबाट जिल्ला कमिटीमा सर्वसम्म्तीमा निर्वाचित भए । २०६९ मंसिर २९ गते आठौं जिल्ला कमिटीमा भूगोल बाट निर्वाचित भए । विभिन्न जिम्मेवारीमा रहदै जिल्ला भित्र काम गरे । कपिलवस्तु निर्वाचन क्षेत्र न. ३ को सयोजकको भुमिका निर्वाह गरे । २०७८ पुस २४ गते को जिल्ला अधिवेशनबाट जिल्ला सचिबमा निर्वाचित भए । २०८१ बैशाख २६-२८ गतेको १० औं जिल्ला अधिवेशनमा पुन प्रतिनिधिहरुले बैशाख मत दिएर सचीवमा जिताउनुभयो ।।।
संक्षिप्त जानकारी

हाम्रो ५ जना दिदि दाजुभाइ मध्ये म कान्छो सन्तान हँ । मेरो बुवाको नाम तेज बहादुर गहतराज र स्वर्गीय आमा रुपशिला देवी हो । म ३ वर्षको हुँदा कपिलवस्तु जिल्लाको शिवपुरमा बुवा आमाको साथमा आएको थिए । मेरो SLC सम्मको अध्ययन श्री नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरमा भएको हो । थप अध्ययनका लागि भारतको सिद्धार्थनगर जिल्लाको शिवपती इन्टर कलेज शोहरतगढमा २०५३ सालमा प्रवीणता प्रमाण पत्र तह पास गरे । भारतकै Lucknow University बाट अङ्ग्रेजी विषयमा २०५६ सालमा स्नातक उत्तीर्ण गरे । हाल शिवराज नगरपालिका वडा न. ५ मा स्थायी रुपमा बसोवास गर्दै आएको छु । श्रीमति निसा गहतराज , छोरा संक्षेप र छोरी संक्षिप्ता गहतराज छन ।

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com