लिला राना
लिला राना
पार्टी कमिटी संलग्नता
संक्षिप्त जानकारी

मेरो बाबुको नाम कृष्ण बहादुर थापा मगर र आमाको नाम धनमाया थापा मगर हो।मेरो जन्म वि सं २०२२ सालको असोज २ गते भएको हो।मैले जनसंख्या तथा वातावरण शिक्षामा स्नाकोत्तर पास गरेको छु। मेरो श्री मान स्व श्री दीप बहादुर राना हुनुहुन्छ। मेरो दुई छोरा दुई छोरी छन्। एउटा बुहारी एउटा नाति र दुई ज्वाईं हुनुहन्छ। बुहारी डाक्टर , कान्छा ज्वाइँ लप्टन ठूला ज्वाइँ कम्प्युटर इन्जिनियर छोरा कारखानाको मिनेजिङ डाइरेक्टर कान्छा छोरा सामान आयात निर्यात गर्ने कार्यमा सक्रियताका साथ काम गर्दै छन्। म लुम्बिनी प्रदेश उप सचिब हो।

सार्वजनिक/ राजकीय भूमिका

पार्टीमा राजनीतिक योगदान

म २०६३ सालमा अनेरा स्ववियुको एकाई कमिटीमा आबद्ध साथै बहुदल र निर्दलको आन्दोलनमा सहागिता भैरहँदा प्रहरीको आक्रमणबाट बच्न शौचालयको झ्यालबाट भागेको त्यस पछि विद्यार्थीको हकहितका कुरा उठाउने गरेको थिए। s.l.c..पास पछि २०३९ साल मंसीर २३ गतेबाट बर्दिया जिल्लाको अनेम संघमा आबद्ध रहेको छु ।२०४१ मा अनेमाङको जिल्ला अध्यक्ष २०४८ सालमा अनेमसंघ केन्द्रको केंद्रीय सदस्य २०५१ सालमा पुन जिल्ला अध्यक्ष साथै पार्टीको क्षत्रिय सदस्य २०५४मा पार्टीको जिल्ला सदस्य त्यसपछि पार्टीको सचिवालय सदस्य , राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य अञ्चल सदस्य ,प्रदेश सदस्य भै निम्न वर्गको पक्षमा आवाज उठाउने गरेको साथै सर्वहारा वर्गको आन्दोलनमा सहभागी भएको र जनताको समस्या समाधान गर्ने कार्य गरेको छु ।नेपाल कम्युनिष्ट पार्टीमा जनतालाइ संगठित गर्ने कार्य गरेको, संविधान सभा सदस्य हुँदा संविधान निर्माण गर्ने कार्यमा सक्रियताका साथ भाग लिने र सल्लाह सुझाब दिएको छु। जिल्लाको बिकास कार्यमा सहयोग गरेको,प्रदेश लुम्बिनीमा सह सचिब को भूमिका निभाई आयको छु।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com