म २०५६ साल देखि नै ने कपा (एमाले ) प्रति आस्थावान थिए । १.२०६० सालमा अनेरास्ववियु मा रहेर काम गरे २.२०६२ सालमा अनेरास्ववियु डाेटी बहुमुखी क्याम्पस डाेटीका सचिव ,अध्यक्ष भए । ३. २०६५ साल देखि २०६७ साल सम्म अनेरास्ववियु डाेटी जिल्ला कमिटीको दुई कार्यकाल उपाध्यक्ष भए भने अनेरास्ववियुकाे २०६८ सालमा पुर्नगठित जिल्ला कमिटी डाेटी काे अध्यक्ष भए । ४.२०६९ सालमा नेकपा (एमाले) डाेटी निर्वाचन क्षेत्र नं .१ काे क्षेत्रीय कमिटी सदस्य भए । ५. २०६९ माघ २७/२८ गते सम्पन्न नेकपा (एमाले) डाेटी जिल्ला कमिटीको साताै जिल्ला अधिवेशन बाट जिल्ला कमिट सदस्य निर्वाचित भएर साविककाे ईलाका नं.३ काे ईञ्चार्जकाे भुमिका निर्वाह गरे । ६.पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य भएर ११ बर्ष काम गरे । ७.,राज्यको पुर्नसंरचना भए संगै पार्टीको संरचना अनुसार सायल गाउँपालिकाकाे संयाेजक भई २०७४ सालकाे स्थानीय तहकाे निर्वाचमा पार्टीको तर्फबाट गाउँपालिका काे अध्यक्ष ,उपाध्यक्ष र ६ वटा वडाध्यक्ष मध्ये ५ वटा वडामा अत्यधिक बहुमतका साथ निर्वाचित गराउन सफल भईयाे । ८.२०६२/०६३ काे जनआन्दोलनमा पार्टीको अनेरास्ववियु तथा पार्टी काे तर्फ बाट सशक्त भुमिका निर्वाह गरियाे । ९.२०६४ र २०७० सालकाे संबिधान सभाकाे निर्वाचन ,२०७४ र २०७९ सालकाे आम निर्वाचन मा पार्टीको पक्षमा अहाेरात्र खटिएकाे कुरा सर्वविधितै छ । १०.२०७४ सालमा नेकपा (एमाले) डाेटी जिल्ला निर्वाचन क्षेत्र १. क काे निर्वाचन क्षेत्रिय कमिटी काे अध्यक्ष भएर काम गरे । ११.२०७९ सालमा नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश कमिटी सदस्य भएर काम गरे । १२ . नेकपा (एमाले)काे २०७८ मंशिर मा चितवनमा सम्पन्न ऐतिहासिक १०आौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि काे रुपमा भाग लिने अवसर प्राप्त गरियाे ।