लालबहादुर ओली
लालबहादुर ओली
पार्टी कमिटी संलग्नता
  • नेकपा (एमाले) जिल्ला कमिटी, बाजुरा १२ वर्ष। सुदूरपश्चम कमिटी ३ वर्ष।जिल्ला कमिटी अध्यक्ष २०८१ ।
  • नेकपा (एमाले) जिल्ला कमिटी, बाजुरा १२ वर्ष। जिल्ला कमिटी अध्यक्ष २०८१ जेठ ८ गते देखि।
  • विध्यार्थी सङ्गठन
संक्षिप्त जानकारी

निम्नमध्यम वर्गीय किसान परिवार । बाल्यकालमा बस्तुभाउकाे ग्वालाे लाग्नु परेकाेले ८ वर्षकाे पुगेपछि स्कुल भर्ना। बुबाले झुलाघाट, डडेलधुरा, दिपायलबाट सानाे व्यापारकाे सामान बाेक्दै थाेरै कमाउँदै पढाइ खर्च जुटाउनुभाे। पछि केही समय मैले पनि सामान बाेक्न साथ दिएँ। सरकारी नाेकरी गर्दै स्नातक अध्ययन। गाउँमा एक माध्यमिक विद्यालय स्थापना गर्न स्नातक स्वयम्सेवा गर्न निजामति सेवाबाट राजिनामा। छ महिना सरकारी दरबन्दीमा सेवा। तीन दशक लामाे सामाजिक विकासमा याेगदान । समाजशास्त्रमा स्नातकाेत्तर । आफ्ना अगाडि तमाम अपसर छाेडेर सामाजिक सेवा हुँदै राजनीतिक क्षेत्रबाट समाज रूपान्तरण अभियानमा संलग्न।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    छैन।
  • recent_actors
    छैन।
भिडियो

पार्टीमा राजनीतिक योगदान

२०४५ स्ववियु सचिव, डाेटी क्याम्पस। २०४७ आटीचाैर गाउँ कमिटी गठन। अनेरास्ववियु संगठन बिस्तार बाजुरा र डाेटी जिल्ला। नेपाफ निजामति कर्मचारी संगठन सदस्यता २०४७ । २०४७ काे कर्मचारी आन्दाेलनमा सक्रिय सहभागिता। २०४९ सालकाे स्थानीय तहकाे निर्वाचनमा प्रचार-प्रसार । २०५१ काे मध्यावधि निर्वाचनमा बाजुरा डाेगडी, आटीचाैर गा. वि. स. काे कमाण्डिंग। २०५६ काे आम निर्वाचन र २०६४ काे संविधानसभा निर्वाचनमा प्रचार कमिटी सदस्य। २०७० काे संविधानसभा र २०७४ काे प्रतिनिधिसभा निर्वाचनमा मुल निर्वाचन प्रचार कमिटीकाे सचिवालय ईन्चार्च। २०७४ काे स्थानीय तहकाे निर्वाचनमा खप्तड छेडेदह गा. पा. अध्यक्षकाे उम्मेदवार। २०७९ काे आम निर्वाचनमा मुल प्रचार कमिटी सदस्य। नेपाल राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मन्चकाे केन्द्रीय कमिटी उपाध्यक्ष । नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य। बाजुरा जिल्ला कमिटी अध्यक्ष। नेपाल रेडक्रस साेसाईटी आजीवन सदस्य। सामुदायिक वन उपभाेक्ता जिल्ला महासंघ, बाजुरा र गैर सरकारी संस्था महासंघ, बाजुरा शाखा स्थापना। यी दुवै संस्थाकाे एक-एक कार्यकाल केन्द्रीय समिति सदस्य। गैर सरकारी संस्थाका मार्फत किरबतीन दशक सामाजिक सेवा। बाल समूह, युवा समूह, महिला अधिकार मन्च जस्ता नागरिक संस्थाहरूकाे स्थापनामा सहयाेग। नेपालमा चलेकाे १२ वर्षे सशस्त्र व्दन्व्दमा मानवीय उद्दार, सहयाेग र पुनस्थापना। प्रकाेपबाट पीडितहरूलाई सहयाेग । शिक्षा, स्वास्थ्य, वातावरण व्यवस्थापन, जलवायु न्यायकाे क्षेत्रमा याेगदान। मानव अधिकार शिक्षाकाे प्रचार, अनुगमन, अभिलेखीकरण।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com