मेराे नाम उर्मिला थामी हाे म जनजाती म एक गरिब परिवार बुबा धनबिर थामी आमा धनमाया थामीकाे काेखबाट अन्तिम सन्तान वा कान्छी छाेरीकाे रुपमा जन्मेकाे रहेछु मेराे एक दाजु ३ वटी दिदीहरु हुनुहुन्छ । दाइ दिदीहरुले पढ्न पाउनु भएन छ ।तर मलाइबुबा आमाले पढाउनु भयाे किन भने मेराे दाइ सानै उमेरमा इन्डिया जानुभएकाे रहेछ। त्यस बेला गाउँ घरमा चिठी लेख्ने मान्छे नभएकाे आमाले जान्ने मान्छे काे घरमा काम गरेर लेखी पठाउनु हुदाेरहेछ म कक्षा ४मा पढे चिठी लेखेर पठाउने भए ।बिद्यार्थी सँगठनमा कक्षा ४देखि काेषाध्क्षमा रहेर काम शुरु गरेकाे थिए। कक्षा १० सम्म कहिले सचिव कहिले अध्यक्ष रहेर आफ्नाे भुमिका निर्वाह गर्दै आए तर जिल्लामा जाने माैका पाइन। त्यस्तै किसान सँगठनमा बसेर काम गर्ने पनि माैका पाए र S L C पास गरे मास्टारकाे जागिर खान थाले अति दु:ख काे साथ ,नेपाल राष्ट्रिय शिक्षक सँगठन काे भुगाेल काे सदस्य देखि जिल्लामा रहेर १ कार्यकाल सदस्य ३वर्ष रहे २ कार्यकाल उपाध्यक्ष रहेर ४ वर्ष काम गरे , सुकुमबासी आयाेगमा दाेलखामा ६ महिना सदस्य रहेर काम गरे भबिष्य बचत तथा ऋण सहकारीमा २ वर्ष लेखा संयाेक मा बसेर काम जनउपकार सहकारी जुँगुमा २ कार्यकाल काम गरे भने एक कार्यकाल महिला बिभाग संयाेजकमा रहेर काम गरे र एक कार्यकाल शिक्षा बिभाग संयाेजककाे रुप बसेर काम गरे भने अखिल नेपाल महिला संघ दाेलखामा एक कार्काल २०४8मा सदस्य रहेर काम गरे भने एक कार्काल सचिब रुपमा काम गरे भने २०७१ देखि ७४ सम्म अनेम सँघ काे जिल्ला अध्यक्ष रहेर काम गरे २०७४मा निर्वाचित भइ गाैरीशंकर गाउँपालिकाकाे उपाध्यक्ष मा ५ वर्ष काम गरे अनेम सं केन्द्रीय साताै सम्मेलन आयाेजक कमिटी सदस्य रहेर काम गरे अहिले पनि अखिल नेपाल महिला सँघकाे केन्द्रीय सदस्यमा रहेर निरन्तर काम गरिरहेकाे छु पार्टीसँगठनकाे सदस्य रहेर काम गरे। नेकपा एमाले काे भुगाेल काे साधारण सदस्य देखि जिल्ला कमिटी सदस्य सचिवालय सदस्य हुँदै बागमती प्रदेशकाे कमिटीमा रहेर काम गर्दै आइरहेकाे छु।