जाजरकोट जिल्लाको पूर्वी उत्तर क्षेत्र बारेकोट गाउँपालिकाको वडा नम्बर ७ मा हजुरबुबा गोरख सिंह बुबा कर्ण बहादुर सिंह र माता चन्द्र कुमारी सिंहको जेठो छोराको रुपमा म प्रेम बहादुर सिंहको २०४३ साल जेठ १५ गते जन्म भएको हो । सरकारी विद्यालयबाट प्राथामिक तह देखि त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर उपाधि हाँशिल गरेको छु भने कननूनमा स्नातक तह उतिर्ण गरि हाल ७ बर्ष देखि बहश पैरवी वकालत समेत गर्दै आएको छु । हाल श्रीमती रबिना बिष्ट, एक छोरा, एक छोरी, बुवा र आमाको साथमा बस्दै आएको छु । मेरो ठूलो परिवारमा जन्म भएकोले मेरा अरु तीन भाइ माइलो, साहिलो र कान्छो भाइका परिवारहरु मानो नछुट्याई आ-आफ्नो कर्ममा व्यस्त छन ।