शान्तिलाल महत
शान्तिलाल महत
पार्टी कमिटी संलग्नता
  • नवौ जिल्ला अधिबेशनबाट पुन अध्यक्ष निर्वाचित ।
  • आठौ जिल्ला अधिबेशन बाट जुम्ला जिल्ला कमिटीको अध्यक्ष निर्वाचित
  • २०३९ देखि २०४६ सम्म नेमकिसंको गाउँ कमिटि सचिब हुँदै २०४७ मा जुम्लामा माले स्थापना गरि संसथापक सचिवालय सदस्य भै २०६४ मा पार्टी उप सचिब ,कर्णाली अञ्चल ,प्रदेश सदस्य हुँदै आठौ र नबौ जिल्ला अधिबेशनबाट अध्यक्ष निर्वाचित ।
  • २०६४ मा जजिल्ला कमिटी उपसचिव रहेको र २०६७ मा कर्णाली अञ्चल कमिटी ससदस्य रहि २०७३ देखि २०७७ सम्म कर्णाली प्रदेश कमिटी सदस्य रहेको ।
संक्षिप्त जानकारी

बुवा रबिलाल महत र आमा कृष्णकला भण्डारी महतको कोखबाट पाँचौ सन्तान र पहिलो छोराको रुपमा २०२१ असोज ५ गते आईतबारकन दिन जन्म भएको । सामान्य त प्राथमिक शिक्षा कक्षा २ सम्म चन्दननाथ माध्यमिक बिद्यालय जुम्लामा अध्ययन गरि २०२८ देखि २०३० सम्म काठमाडौ लाल दरवार नाराहिटि स्थित पशुपति बोर्डिङमा कक्षा ६ सम्म अध्ययन गरेको ।२०३१ देखि पुन चन्दननाथ मा बि जुम्ला र एस.एल.सि. त्रिपुरा सुन्दरी मा बि काई गाउँ डोल्पाबाट गरेको ।शैक्षिक शत्र २०४०/४३ मा शंकरदेब क्याम्पस काठमाडौबाट प्रबिणता प्रमाण पत्र तह उत्तीर्ण गरि २०५७-५९ मा नेपालगंज स्थित महेन्द् बहुमुखी क्याम्पसमा स्जातक तहको अध्ययन सम्पन्न गरेको । ४ छोरी र १ छोरा सन्तानका रुपमा रहेका ।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    जुम्ला
  • recent_actors
    जुम्ला जिल्ला को सुकुम्बासी र अब्यबस्थित बसोबासीको तथ्यांक पहिलो पटक संकलन गरेको ।

  • account_circle
    जुम्ला
  • recent_actors
    कर्णालीको समग्र बिकासका लागि आबधिक योजना निर्माण र अनुगमन कार्यमा संलग्न रहेको ।

  • account_circle
    महत गा बि स ४
  • recent_actors
    वडाका बासिन्दा हरुका समस्या समाधान गर्न भूमिका खेलेको ।

  • account_circle
    वडा नं ४
  • recent_actors
    वडा अध्यक्ष भई जिल्ला बिकास समितिको सदस्य निर्वाचित भएको ।

  • account_circle
    जुम्ला ईलाका नंम्बर १
  • recent_actors
    जिल्लाको आबधिक योजना निर्माण गर्ने संयोजक भै आवधिक योजना निर्माण गरेको । योजना तर्जुमा प्रक्रियामा अग्रीणी भूमिका निर्वाह गरेको ।
पार्टीमा राजनीतिक योगदान

२०३८ मा जुम्ला जिल्लामा भएको बिद्यार्थी आन्दोलनमा संलग्न रहेको यश क्रममा १ महिना सार्वजनिक सुरक्षा एेन अन्तरगत जेल बसेको ।।२०४६ सालको जनआन्दोलनमा पर्चा पम्पलेट टाँस्ने गरेको । २०५९ को आन्दोलन मा जुम्लामा अग्रीणी भूमिका निर्वाह गरेको र हिरासतमा बसेको ।२०६२/६३ को आन्दोलनमा काठमाडौंमा कमरेड स्व डिल्ली बहादुर महतको मातहतमा रहि आन्दोलनमा सहभागी भएको ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com