पार्टीमा राजनीतिक योगदान
२०४३ सालतिर पार्टीका अग्रज कमरेडहरुको अगुवाइमा विभिन्न प्रगतिशील नाटक तथा सास्कृतिक कार्यक्रममा बालकलाकारको रुपमा भाग लिनेक्रममा पार्टीको सम्पर्कमा आएको । २०४५ सालमा अनेरास्ववियुको प्राक र गाबिप्राकमा सङ्गठित भै २०४८ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेको । त्यसपछी पार्टीको गाउँ कमिटी सदस्य, उपसचिव हुँदै सचीव भएको । पार्टीको इलाका कमिटी, क्षेत्रीय कमिटीमा काम गर्दै २०६४ सालमा पहिलोपटक जिल्ला कमिटीको सदस्यमा निर्वाचित भएको । जिल्ला कमिटीमा लगातार ६ कार्यकाल रहदा सचिवालय सदस्य, एक कार्यकाल कार्यालय सचीव, पार्टी स्कुल बिभाग प्रमुख, सङ्गठन बिभाग प्रमुख, प्रतिनिधिसभा निर्वाचन क्षेत्र इन्चार्ज, नगर कमिटी इन्चार्ज लगायतका जिम्मेवारीमा रहेको । २०७८ पुस २३-२६ मा सप्पन्न काभ्रे जिल्ला कमिटीको दशौ अधिबेशनबाट सचिवमा निर्वाचित भइ जिम्मेवारी बहन गरेको । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट नमोबुद्ध नगरपालिकामा प्रमुख पदमा उम्मेदवार बनेको । २०८१ साल जेठ २८-३० मा सम्पन्न पार्टीको एघारौं काभ्रेपलान्चोक जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित भइ जिम्मेवारी वहन गरिरहेको ।