पार्टीमा राजनीतिक योगदान
२०३५सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरि रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्याथीॅ संगठन निर्माण गर्न र स्वतन्त्र विध्याथीॅ युनियनको निर्वाचनमा अनेरास्ववियुका तर्फबाट उम्मेदवारी दिनु भएका कमरेडहरुलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको। मिति २०४८/०८/०८ मा संगठित सदस्यता प्राप्त गरेपछि २०४८ साल पौष महिनामा भएको १नं इलाका कमिटीको अधिवेशनबाट सचिवको जिम्मेवारी प्राप्त गरि सो क्षेत्रमा पार्टीको संगठन निर्माण गर्न सक्रिय रुपमा खटेको ।२०५४ सालमा नेकपा(एमाले) भक्तपुर जिल्ला कमिटीको जिम्मेवारी प्राप्त गरेपछि जिल्लाभरि संगठन निर्माण गर्न खटिएको ।२०६६सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएपछि थप जिम्मेवारीकासाथ पार्टीका गतिविधिहरुमा सहभागी भई आवश्यक कार्यहरु गरेको ।देश संघीय संरचनामा गएपछि बागमती प्रदेश कमिटीको सदस्य भई निरन्तर रुपमा पार्टीका कार्यहरु गर्दै आइरहेको ।