तेजेन्द्रबहादुर खड्का
तेजेन्द्रबहादुर खड्का
पार्टी कमिटी संलग्नता
  • भरतपुर ११ को वडा कमिटी, भरतपुर नगर कमिटी र जिल्ला कमिटीको सदस्य, सचीव, उपाध्यक्षमा रहि काम गरेको ।
संक्षिप्त जानकारी

जन्म २०२० साल पिता जगतबहादुर खड्का माता बसुन्धरा खड्का पत्नी बिद्या कार्की खड्का अध्ययन वाणिज्यमा स्नातक । स्थायी बसोबास भरतपुर ११, चितवन अनुभव : सहकारी क्षेत्रमा २०४२ साल देखिको अनुभव रजिस्ट्रर्ड लेखा परिक्षक भइ काम गरेको बिशेष योग्यता : सहकारी व्यवस्थापन र लेखा व्यवस्थापन सम्बन्धि प्रशिक्षक । हाल बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको संचालक, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको पूर्व अध्यक्ष बर्तमान सल्लाहकार । नेपाल नेत्रज्योति संघ चितवनको उपसभापति । भरतपुर आँखा अस्पताल व्व्यवस्थापन समितिको सदस्य

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    भरतपुर नगरपालिका वडा नं. ११
  • recent_actors
    वडाको बिकास निर्माण, सामाजिक रुपान्तरण,
पार्टीमा राजनीतिक योगदान

०३६/०३७ को विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी । ०४० सालमा पार्टी सम्पर्क । २०४२ सालमा तत्कालीन नेकपा मालेको पार्टी सक्रिय दलमा आवद्ध । ०४६ सालको जनान्दोलनमा सक्रिय सहभागी । ०४७ सालमा पार्टी सदस्यता प्राप्त । नेकपा माले र एमालेको भरतपुर ११ वडा कमिटीको सदस्य र सचिवको जिम्मेवारीमा रहि काम गरेको । नेकपा एमालेको भरतपुर नगर कमिटीको सदस्य, नगर कमिटी सचीव, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी कार्यालय सचीव, जिल्ला कमिटी सचीव, जिल्ला कमिटी उपाध्यक्षमा रहि काम गरेको ! पार्टी बागमती प्रदेश संगठन कमिटीको सदस्य र हाल प्रदेश कमिटी सदस्य । २०५४ मा भरतपुर ११ को वडा अध्यक्षमा निर्वाचित भइ कार्यकाल सफलतापूर्वक सम्पन्न । ०६२/०६३ को आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहि सक्रियतापूर्वक काम गरेको । पार्टीको सातौ, नवौं र दसौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको रूपमा सक्रिय सहभागिता ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com