* ०३९ सालमा जन्म स्थानबाट बसाइ सरि छातेढुङ्गा गाबिस २ भितृया तेह्रथुममा गई बसेको र प्रारम्भिक शिक्षा तेहि हासिल गरेको । * २०४७ जेठमा साबिक जलथल ७ हाल हल्दीबारी गाउपालिका ४ मा बसाई सरी आएको । कक्षा ५ देखि slc सम्म तेहि अध्ययन गरेको । * ०४७ सालमा फागुनमम अनेरास्ववियु महेन्द्र माबिको प्रारम्भिक कमिटी सदस्यमा संगठित भई संगठित राजनीतिक यात्रा प्रारम्भ गरेको । * २०५१ साल पुसमा तत्कालीन नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज जलथल गाउँ कमिटीको सहसचिवको जिम्मेवारी लिएको । * २०५३ सालमा नेकपा एमालेको साधारण सदस्य लिएको । * २०५४ सालमा slc पास गरि मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्ययन गरेको । * २०५५ साल जेठदेखि बिर्तामोडमा अस्थायी रुपमा बसोबास गरि आएको । * २०५६ सालमा सार्वजनिक टेलिफोन सेवा व्यवसाय, ०५८ सालदेखि ०६१ सम्म स्क्रिन प्रिन्ट सेवा व्यवसाय, ०६२ देखि ०६८ सम्म विभिन्न ( सब्जी, स्टेसनरी लगायत ) व्यवसाय र ०६८ देखि हाल सम्म सुनचाँदी व्यवसाय सञ्चालन गरि आएको । * २०५७ मसिर २६ गते तत्कालीन सुरुङ्गा १ हाल कन्काई नपा १ दुर्गापुर निवासी पिता खड्गबहादुर र माता अम्बिका दर्नालकि कान्छि छोरी तारादेवी दर्नालसँग बिवाह गरेको । * २०५९ साउनमा पहिलो सन्तान श्रद्धा र २०७२ जेठमा दोस्रो सन्तान संयोगको जन्म । * २०६७ कार्तिक ११ गते पिता कर्णबहादुरको देहावसान र ससुरा बुबा खड्गबहादुरको २०७७ असोजमा देहावसान । * २०७८ पौष ३ गते भरतपुरमा उपचारको क्रममा आमा भद्रीमायाको निधन ।